एजेन्सी । चीनको युनानमा एक अनौठो दृश्य देखिएको छ । दक्षिणपश्चिम चीनको युनान प्रान्तमा आयोजित परम्परागत उत्सवमा १० हजारभन्दा बढी मानिसहरूले एकसाथ नाचेर उत्सवलाई जीवन्त बनाएका छन् ।
युनानमा वर्षेनि यस्तो उत्सव आयोजना गरिन्छ, जहाँ स्थानीय जातजाति र समुदायले आफ्नो सांस्कृतिक धरोहरलाई जगेर्ना गर्ने अवसर पाउँछन् । यसपटकको उत्सवमा सहभागीहरुको सङ्ख्या अघिल्ला वर्षभन्दा धेरै रहेको र उत्साहको स्तर पनि उल्लेख्य देखिएको छ ।
नृत्यका विविध शैलीहरू, परम्परागत पहिरनमा सजिएका मानिसहरूको अनुहारमा चम्किएको गर्व र उमङ्ग । युनानजस्ता बहुजातीय क्षेत्रहरूमा यस्तो सामूहिक सहभागिता केवल मनोरञ्जनको लागि मात्र होइन, सांस्कृतिक पहिचान र सामाजिक एकताको बलियो माध्यम पनि हो । उत्सवका दौरान परम्परागत बाजागाजाको साथमा प्रस्तुत गरिएको नृत्यले पुराना कथाहरू सुनाएको जस्तो अनुभूति दिलाएको स्थानीय बताउँछन ।
यस्ता परम्परागत गतिविधिहरूले अहिलेका नयाँ पुस्तालाई आफ्नो जरा सम्झाइरहेको छ । यसरी हजारौँ मानिस एकैसाथ नाच्नु केवल एउटा दृश्य होइन, युनानको समृद्ध परम्परा र ऐक्यबद्धताको गहिरो अभिव्यक्ति हो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology