Logo

२०८३, कार्तिक २८गते


images
images

सरकारले बाटो बिरायो, नतिजा सडकमा छः कार्यवाहक सभापति अर्याल

सरकारले बाटो बिरायो, नतिजा सडकमा छः कार्यवाहक सभापति अर्याल

images
  • सरकारले बाटो बिरायो, नतिजा सडकमा छः कार्यवाहक सभापति अर्याल
    images

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यवाहक सभापति डोलप्रसाद अर्यालले सरकारले आफ्नो कर्तव्य बिर्सिएको र बाटो बिराएको आरोप लगाएका छन् । आइतवार संसद भवन बाहिर सञ्चारकर्मीहरूसँग कुरा गर्दै अर्यालले नयाँ शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तको नियुक्तिले शिक्षकहरूको माग सम्बोधनमा पहल हुने विश्वास व्यक्त गरे । उनले शिक्षकहरू यति लामो समयदेखि आन्दोलनरत हुनु राम्रो नभएको र त्यसले सरकारको अकर्मण्यता उजागर गरेको टिप्पणी गरे ।

    images
    images
    images

    अर्यालले भने, "सरकारको तर्फबाट नयाँ शिक्षामन्त्री आउनुभएको छ। उहाँले यसको पहल गर्नुहोस् भन्ने शुभकामना दिन्छु। शिक्षकहरूको यति लामो समयसम्म आन्दोलन हुनु हुँदैन थियो। निजामति कर्मचारी र स्वास्थ्यकर्मीहरू समेत सडकमा आउनुपर्ने अवस्था देखिएको छ। यो सरकारको अकर्मण्यता हो। सरकार जेका लागि बनेको थियो, त्यो उद्देश्य पुरा गर्न नसकेको छ। आफ्नो उपस्थिति देखाउन नसक्नु र संवेदनशील हुन नसक्नु सरकारको कमजोरी हो।"

    images
    images
    images

    शिक्षकहरूको आन्दोलन जारी रहँदा विद्यालय शिक्षा ऐन आउन लागेको अवस्था भएकाले सरकारले वार्ता र समझदारीको बाटो रोज्नुपर्ने बताउँदै उनले सम्झौता कार्यान्वयनमा सरकार चुकेको आरोप लगाए। उनले थपे, "सरकारले बारम्बार सम्झौता गरेको छ, तर कार्यान्वयनमा चुकिरहेको छ। अहिले देखिएको अवस्था सरकारको बाटो बिराएको परिणाम हो।"

    images
    images

    अर्यालले शिक्षा ऐनमाथि राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूले १३१ वटा संशोधन प्रस्ताव राखेको जानकारीसमेत दिए। उनले शिक्षा क्षेत्रप्रति आफ्नो पार्टी प्रतिबद्ध रहेको र कुनै पनि पक्ष सडकमा आउनु नपरोस् भन्ने चाहना व्यक्त गरे।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।