काठमाडौं । नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले जनमत पार्टीसँगको पार्टी एकता वैशाख १७ गते घोषणा हुने बताएकी छन् । आइतवार संसद भवन बाहिर सञ्चारकर्मीहरूसँग कुरा गर्दै श्रेष्ठले नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीबीच एकता हुने र नाम नागरिक जनमत पार्टी रहने जानकारी दिइन् ।
श्रेष्ठले एकतापछि बन्ने नयाँ पार्टीको नेतृत्व संरचनाबारे पनि खुलाउँदै भनिन्, "पार्टीको संरक्षक माननीय रेशम चौधरी, अध्यक्ष डा. चन्द्रकान्त राउत, र सहअध्यक्ष म रहनेछु ।"
श्रेष्ठले एकता प्रक्रिया अन्तिम चरणमा पुगेको र १५ गतेको बैठकले औपचारिक निर्णय गर्ने स्पष्ट पारिन् ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology