Logo

२०८३, कार्तिक २८गते


images
images

हामीले बाटो बिराएका छैनौं, देशमा ठूलो परिवर्तन भएको छ : पूर्वराष्ट्रपति यादव

हामीले बाटो बिराएका छैनौं, देशमा ठूलो परिवर्तन भएको छ : पूर्वराष्ट्रपति यादव

images
  • हामीले बाटो बिराएका छैनौं, देशमा ठूलो परिवर्तन भएको छ : पूर्वराष्ट्रपति यादव
    images

    काठमाडौं । नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले देशमा राजनीतिक परिवर्तनपछि ठूलो सुधार आएको बताएका छन्। काठमाडौंमा आयोजित 'विपीको समाजवाद र स्थानीय सरकार' पुस्तक विमोचन कार्यक्रममा बोल्दै उनले मुलुक अहिले गणतन्त्र, लोकतन्त्र, सङ्घीयता, समावेशी र समानुपातिक संविधानमा अघि बढिरहेको बताए।

    images
    images
    images

    डा. यादवले नेपालको संविधान विपी कोईरालाको समाजवादी सोचसँग मेल खाने समाजवादउन्मुख बाटोमा अघि बढिरहेको दाबी गरे। उनले भने, "हामीले बाटो बिराएका छैनौं, देशमा ठूलो परिवर्तन भएको छ। राजनीतिको आफ्नो गति हुन्छ र परिस्थितिअनुसार देशले सही दिशा लिएको छ।"

    images
    images
    images

    उनले देश बर्बाद भएको भन्ने कुरा गलत भएको बताए। अहिले प्रत्येक नेपाली आफैंमा मालिक भएको उल्लेख गर्दै उनले नेपालीहरू आज संसारभर शिर उठाएर हिँड्न सक्षम भएको बताए।

    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।