Logo

२०८३, कार्तिक २८गते


images
images

मौसम

आज कहाँ कहाँ पर्दैछ पानी ?

आज कहाँ कहाँ पर्दैछ पानी ?

images
  • आज कहाँ कहाँ पर्दैछ पानी ?
    images

    काठमाडौं । हाल देशभर पश्चिमी वायु, स्थानीय वायु र बङ्गालको खाडीबाट भित्रिएको जलवाष्पयुक्त हावाको संयुक्त प्रभाव सक्रिय रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यसको असरले सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बदली छ भने बाँकी भूभागमा सामान्य बदलीको अवस्था देखिएको छ। 

    images
    images
    images

    कोशी, बागमती, लुम्बिनी र कर्णाली प्रदेशका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षा भइरहेको छ। दिउँसो देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ। 

    images
    images
    images

    कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानमा र अन्य प्रदेशका एक–दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली क्षेत्रमा हल्का हिमपातको संकेत पनि देखिएको छ। 

    images
    images

    राति पनि देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थानमा र अन्य भागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा जारी रहने सम्भावना रहेको महाशाखाले जनाएको छ। वर्षा, चट्याङ्ग र सम्भावित हिमपातका कारण दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायातमा असर पर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ।

    आज सातै प्रदेशमा न्यूनतम र अधिकतम तापक्रम यस प्रकार रहनेछ। 

    कोशी प्रदेशमा न्यूनतम १७ डिग्री र अधिकतम ३० डिग्री, मधेस प्रदेशमा न्यूनतम २० डिग्री र अधिकतम ३२ डिग्री, बागमती प्रदेशमा न्यूनतम १६ डिग्री र अधिकतम २८ डिग्री, गण्डकी प्रदेशमा न्यूनतम १५ डिग्री र अधिकतम २७ डिग्री, लुम्बिनी प्रदेशमा न्यूनतम १९ डिग्री र अधिकतम ३१ डिग्री, कर्णाली प्रदेशमा न्यूनतम १४ डिग्री र अधिकतम २६ डिग्री तथा सुदूरपश्चिम प्रदेशमा न्यूनतम १८ डिग्री र अधिकतम २९ डिग्री सेल्सियस रहने अनुमान गरिएको छ। 

    आज सूर्योदय बिहान ५ बजेर २५ मिनेटमा भएको हो भने सूर्यास्त बेलुका ६ बजेर ४५ मिनेटमा हुने।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।