काठमाडौं । रााष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले राप्रपाका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रको चिन्ता गरेका छन् । मंगलबार संसदमा बोल्दै सांसद झाले मिश्रमाथि प्रहरीबाट दुव्र्यवहार गरिएको बताए ।
सांसद झाले विचारमा असहमति भए पनि राज्यबाट कुनै व्यक्तिमाथि हुने दुव्र्यवहारको समर्थन गर्न नसकिने बताए । मिश्रप्रति व्यक्तिगत वा वैचारिक असहमति राखे पनि उनीमाथि राज्यबाट भइरहेको व्यवहार प्रति आफू घोर असहमत रहेको सांसद झाको भनाइ छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको हालैको अभिव्यक्तिलाई उद्धृत गर्दै सांसद झाले राजनीतिक प्रतिशोध सरकारको नीतिगत व्यवहार बन्न थालेको आरोप लगाए । "यही १४ गते काठमाडौंमा सम्माननीय प्रधानमन्त्रीज्युले एउटा स्टेटमेन्ट दिनुभयो– नयाँ दलबाट आएका केहीलाई ठिक पार्नु थियो, एक झापो लगाए हिरासतमा पु¥याएँ भन्नु भयो ।" सांसद झाले भने, "उहाँलाई धन्यावाद छ, स्वीकार्नुभयो कि राजनीतिक प्रतिशोध नै रहेछ ।"
सांसद झाले सुशासनको नारा दिने सरकारसँग प्रश्न गर्दै १० महिनासम्म सम्पत्ति विवरण नबुझाउनुको कारण पनि स्पष्ट गर्न माग गरे। उनले राजनीतिक स्वार्थपूर्तिको लागि राज्य संयन्त्रको दुरुपयोग भइरहेको आशङ्का व्यक्त गरे।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology