Logo

२०८३, आश्विन १०गते


images
images

सुनवल मेयर कप

सुनवलमा आठौँ मेयर कप हुँदै

सुनवलमा आठौँ मेयर कप हुँदै

images
  • सुनवलमा आठौँ मेयर कप हुँदै
    images
    images

    सुनवल । सुनवलमा आठौं मेयर कप हुने भएको छ । बुधवार सुनवल-७ स्थित खेल मैदानमा पत्रकार सम्मेलन गर्दै मेयर कप संचालन तथा व्यवस्थापन उपभोक्ता समितिका अध्यक्ष ओम प्रकाश बार्हघरेले बैशाख २२ गतेदेखि आठौँ मेयर कप सुरु हुने बताए ।

    images
    images
    images

    सुनवल मेयर कपमा यस क्षेत्रकै सर्वाधिक पुरस्कार राशि हुने जनाइएको छ । अध्यक्ष बार्हघरेका अनुसार प्रतियोगिताको विजेताले नगद एक लाख ५५ हजार नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यसैगरी उपविजेताले ९५ हजार नगदसहित शिल्ड, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछ भने सेमिफानल पुग्ने दुई टिमलाई २५/२५ हजार नगद प्रदान गरिनेछ ।

    images
    images
    images

    प्रतियोगितामा सहभागी हरेक वडालाई एक-एक वटा बल र जर्सीसमेत आयोजकले उपलब्ध गराउने छ । 

    images
    images
    images

    सुनवल नगरपालिकाको १० लाख बजेटमा हुने प्रतियोगितामा सहभागी खेलाडीको प्रतिव्यक्ति एक लाखसम्मको विमा समेत गरिएको जनाइएको छ । 

    हरेक वर्ष फरक-फरक वडामा हुँदै आएको सुनवल मेयर कप यो वर्ष वडा नं ७ ले आयोजना गर्नेछ ।  प्रतियोगिता वडाको गणेशबस्ती स्थित अस्नैया आदर्श बहुमुखी क्याम्पसको खेलमैदानमा हुनेछ ।

    पत्रकार सम्मेलनकै विचमा खेल संचालन तथा व्यवस्थापन उपसमितिले टाई सीटसमेत  सार्वजनिक गरेको छ । पारदर्शिताको लागि पत्रकार र जनप्रतिनिधिको उपस्थितिमा गोला प्रथाबाट टाई सीटसमेत  सार्वजनिक गरिएको उपभोक्ता समितिका सचिव खड्ग रानाले जानकारी दिए ।

    प्रतियोगितामा आयोजक वडाका दुई टिमसहित १३ वटा वडाका १४ टिम सहभागी हुनेछन् । प्रतियोगिताको फाइनल खेलसहित समापन समारोह जेठ ४ गते हुने जनाइएको छ ।  

    पत्रकार सम्मेलनमा प्रतियोगिताका संयोजक समेत रहेका सुनवल वडा नं-७ का वडा अध्यक्ष नारायण आचार्य, वडा नं ११ का अध्यक्ष कमल चुवाई लगायत जनप्रतिनिधि तथा फुटवल प्रेमीहरुको उपस्थिति रहेको थियो ।

    यस्तो छ टाई सीट :

    मेयर कप .jpeg

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।