Logo

२०८३, श्रावण ३०गते


images
images

समृद्ध र आत्मनिर्भर लुम्बिनी प्रदेशको सपना साकार सम्भव छ  - मुख्यमन्त्री केसी

समृद्ध र आत्मनिर्भर लुम्बिनी प्रदेशको सपना साकार सम्भव छ  - मुख्यमन्त्री केसी

images
  • समृद्ध र आत्मनिर्भर लुम्बिनी प्रदेशको सपना साकार सम्भव छ  - मुख्यमन्त्री केसी
    images
    images

    भैरहवा । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले समृद्ध र आत्मनिर्भर लुम्बिनी प्रदेशको सपना साकार पार्न सम्भव भएको बताएका छन् । लुम्बिनी प्रेस क्लबद्वारा शुक्रबार भैरहवामा आयोजित भुवनकुमारी स्मृति पर्यटन पत्रकारीता वितरण समारोहमा बोल्दै मुख्यमन्त्री केसीले सबैको ध्यान प्रदेशलाई समृद्ध र आत्मनिर्भर बनाउनेमा केन्द्रीत हुनुपर्ने बताएका हुन् ।

    images
    images
    images


    देशमा बेरोजगारीको अवस्था अत्यन्तै जटिल रहेको बताउँदै मुख्यमन्त्री केसीले लुम्बिनी प्रदेश सबै नागरिकलाई आत्मनिर्भर बनाउने दिशामा अघि बढेको बताए । हालै १ सय २३ बन रक्षकको विज्ञापनमा ६३ हजार जनाले निवेदन दिएको उल्लेख गर्दै केसीले संचारकर्मी लगायत सबै पक्षले हरेक नागरिकलाई आत्मनिर्भर हुनुपर्नेतर्फ सचेत बनाउँन सके लुम्बिनी प्रदेश समृद्ध र आत्मनिर्भर हुन समय नलाग्ने बताए । 

    images
    images
    images

    सोही  कार्यक्रममा बोल्दै सिद्धार्थनगर नगरपालिकाका प्रमुख हरि प्रसाद लुम्बिनी प्रदेश क्लबले पत्रकारिता र पत्रकारको पक्षमा गरेका कामको प्रशंसा गरे । 

    images
    images
    images


    त्यसैगरी नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोखरेलले कोभिड १९ को महामारीमा प्रत्यक्ष प्रताडित भएको क्षेत्र मिडिया पनि भएको उल्लेख गर्दै उक्त समस्याबारे गम्भीर हुन प्रदेश र स्थानीय सरकारको ध्यानाकर्षण गराए । 

    लुम्बिनी प्रेस क्लबका अध्यक्ष नरेश केसीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा वरिष्ठ पत्रकार नारायण सापकोटा, बिनोद पहाडी, रुपन्देहीका प्रमुख जिल्ला अधिकारी लगायतको उपस्तिथि रहेको थियो । 

     भुवनकुमारी पर्यटन पत्रकारिता पुरस्कारबाट पत्रकार रायमाझी पुरस्कृत


    भुवनकुमारी स्मृति पर्यटन पत्रकारीता पुरस्कारबाट लुम्बिनी खबर अर्धसाप्ताहिकका सम्पादक कमल रायमाझी पुरस्कृत भएका छन । भैरहवाबाट प्रकाशित लुम्बिनी खबर अर्धसाप्ताहिकका सम्पादक समेत रहेका पत्रकार रायमाझीले पर्यटन  पत्रकारितामा पुर्याएको योगदानको सम्मानमा उक्त पुरस्कार प्रदान गरिएको लुम्बिनी प्रेस क्लबले जनाएको छ ।

    received_1034952743929087.jpeg
    विगत एक दशक देखि भैरहवा र काठमाडौंबाट प्रकाशन प्रशारण हुने राष्ट्रिय समाचार समिति, सगरमाथा टेलिभिजन लगायतका मिडिमामा कार्यरत रायमाझी प्रेस सेन्टर रुपन्देहीका अध्यक्ष समेत हुन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।