Logo

२०८३, कार्तिक २८गते


images
images

विदेशबाट छोराछारीले जहाँ भन्छन्, अभिभावकले त्यहीँ भोट दिन्छन्ः कांग्रेस नेता श्रेष्ठ

विदेशबाट छोराछारीले जहाँ भन्छन्, अभिभावकले त्यहीँ भोट दिन्छन्ः कांग्रेस नेता श्रेष्ठ

images
  • विदेशबाट छोराछारीले जहाँ भन्छन्, अभिभावकले त्यहीँ भोट दिन्छन्ः कांग्रेस नेता श्रेष्ठ
    images

    काठमाडौं । नेपाली काँग्रेसका नेता तथा पूर्वउपसभापति गोपालमान श्रेष्ठले विदेशमा रहेका नेपाली युवा पुस्ताको सन्देशअनुसार नै नेपालमा मत दिने संस्कार विकसित भइरहेको बताएका छन् ।

    images
    images
    images

    बिहीवार पार्टी केन्द्रीय कार्यालय सानेपामा नेपाली काँग्रेस जनसम्पर्क समितिद्वारा आयोजित कार्यक्रममा बोल्दै श्रेष्ठले विगतका निर्वाचनले देखाएको अभ्यासको उदाहरण प्रस्तुत गरे । “छोराछोरी विदेशबाट जुन पार्टीलाई भोट हाल भन्न आउँछ, घरका बाबुआमाले त्यही चुनाव चिन्हमा भोट हाल्ने गरेका छन्,” श्रेष्ठले भने ।

    images
    images
    images

    उनका अनुसार, नेपालको कूल युवा जनसंख्याको करिब २५ प्रतिशत विदेशमा रहेकाले जनमत निर्माणमा प्रवासी समुदायको प्रभाव उल्लेखनीय रहेको छ । “अहिले अमेरिकादेखि युरोप, जापान, खाडी मुलुकसम्म हाम्रा युवाहरू फैलिएका छन् । उनीहरूसँग प्रभावकारी सम्पर्क राख्न सकियो भने चुनावमा पार्टीले राम्रो नतिजा निकाल्न सक्छ,” श्रेष्ठले जनसम्पर्क समितिलाई सुझाव दिए ।

    images
    images

    श्रेष्ठले पञ्चायती कालमा विदेशी जाने सोच्नु पनि दुस्साहस सरह रहेको उल्लेख गर्दै बहुदलीय प्रजातन्त्रपछि नेपाली समाज खुला भएको विश्लेषण गरे । “त्यो बेला पासपोर्ट नै बन्ने अवस्था थिएन । अहिले डेमोक्रेसी आयो, पासपोर्ट बन्यो, अनि कोही पढ्न, कोही काम गर्न देशबाहिर गएका छन्,” उनले स्मरण गरे ।

    कार्यक्रममा श्रेष्ठले खाडी क्षेत्रलगायत प्रवासी नेपालीको बाक्लो उपस्थिति रहेका देशहरूमा जनसम्पर्क समिति सक्रिय रूपमा प्रस्तुत हुनुपर्ने धारणा राखे । उनका अनुसार विदेशमा रहेका नेपालीमाझ पार्टीको सन्देश पुर्‍याएर विश्वास जित्न सकियो भने त्यसको सीधा प्रभाव नेपालभित्रको मतदान व्यवहारमा पर्न सक्नेछ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।