Logo

२०८३, श्रावण ३०गते


images
images

आर्थिक

संघीय सरकारले जिडिपीको ५ प्रतिशत भन्दा बढी आन्तरिक ऋण लिन नपाउने

संघीय सरकारले जिडिपीको ५ प्रतिशत भन्दा बढी आन्तरिक ऋण लिन नपाउने

images
  • संघीय सरकारले जिडिपीको ५ प्रतिशत भन्दा बढी आन्तरिक ऋण लिन नपाउने
    images
    images

    काठमाडौं । आगामी आर्थिक वर्ष २०८२÷८३ मा संघीय सरकारले जीडीपीको पाँच ५ प्रतिशत नबढ्ने गरी आन्तरीक ऋण लिनसक्ने भएको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले आर्थिक वर्ष २०८२÷८३ का लागि संघ, प्रदेश र स्थानीय सरकारले लिनसक्ने आन्तरिक ऋणको निर्धारण गर्दै उक्त सिफारिस गरेको हो ।

    images
    images
    images

    अयोगले गरेको सिफारिसमा भनिएको छ– ‘नेपालको समष्टिगत आर्थिक स्थिति, राजश्व र खर्चको अनुमान र बजार सहजता समेतको विश्लेषण गरी नेपाल सरकारले आर्थिक वर्ष २०८२÷८३ का लागि अनुमानित कुल गार्हस्थ्य उत्पादनको पाँच प्रतिशतमा नबढ्ने गरी राष्ट्रिय नीति÷योजनामा आधारित भई लागत लाभ विश्लेषणबाट आन्तरिक प्रतिफल द्धारा खुद वर्तमान मूल्य उपयुक्त देखिएका आयोजना÷परियोजना कार्यान्वयनका साथै, राष्ट्रिय गौरवका आयोजना, रुपान्तरणकारी आयोजना र मध्यमकालीन खर्च संरचना अन्तर्गतको पहिलो प्राथमिकता प्राप्त आयोजनाका लागि आन्तरिक ऋण उठाउन सक्नेछ ।’

    images
    images
    images

    प्रदेश सरकारहरुले आन्तरिक ऋण परिचालनको संरचनागत र प्रक्रियागत प्रवन्ध पूरा भएको अवस्थामा आर्थिक वर्ष २०८२÷८३ मा नेपाल सरकारबाट प्राप्त हुने राजश्व बाँडफाँटको रकम र प्रदेश सरकारको आफ्नो आन्तरिक स्रोतबाट प्राप्त हुने राजश्व रकमको योगफलको १२ प्रतिशतमा नबढ्ने गरी त्यस्तो ऋण लिनसक्ने गरी सीमा तोकिएको छ ।  आयोजना÷परियोजना कार्यान्वयनका लागि नेपाल सरकारको स्वीकृतिमा आन्तरिक ऋण उठाउन सक्नेगरी आयोगले सिफारिस गरेको छ ।  

    images
    images
    images

    त्यस्तै स्थानीय सरकारलाई पनि ऋणको सीमा तोकिएको छ । स्थानीय सरकारहरुले आन्तरिक ऋण परिचालनको संरचना र प्रकृयागत प्रवन्ध पूरा भएको अवस्थामा आर्थिक वर्ष २०८२÷८३ मा नेपाल सरकार र प्रदेश सरकारबाट प्राप्त हुने राजश्व बाँडफाँटको रकम र स्थानीय सरकारको आफ्नो आन्तरिक स्रोतबाट प्राप्त हुने राजश्व रकमको योगफलको १२ प्रतिशतमा नबढ्ने गरी राष्ट्रिय, प्रादेशिक र स्थानीय नीति÷योजनामा आधारित भई आयोजना÷परियोजना कार्यान्वयनका लागि आन्तरिक ऋण उठाउन सक्नेछन् । 

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # जिडिपी
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।