Logo

२०८३, कार्तिक २८गते


images
images

प्राधिकरणको श्वेतपत्र

प्राधिकरणको श्वेतपत्र सार्वजनिक : विद्युत आयात तत्काल शुन्यमा झार्न नसकिने

प्राधिकरणको श्वेतपत्र सार्वजनिक : विद्युत आयात तत्काल शुन्यमा झार्न नसकिने

images
  • प्राधिकरणको श्वेतपत्र सार्वजनिक : विद्युत आयात तत्काल शुन्यमा झार्न नसकिने
    images

    काठमाडौं । नेपाल विद्युत प्राधिकरणले श्वेतपत्र सार्वजनिक गरेको छ । पदबहाली गरेको एक महिनाभित्रै कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले श्वेतपत्र सार्वजनिक गर्दै पालिकाको हिसावले ९७.५ प्रतिशत विद्युत पहुँच पुगेको बताए । वडाका हिसावले ९५ प्रतिशत विद्युत पहुँच पुगेको छ । घर संरचनाका आधारमा ९१.४ प्रतिशत पहुँच पुगेको छ । फागुन मसान्तसम्म आन्तरिक माग २३ सय ३७ मेगावाट रहेको छ । यो आवको अन्त्यसम्म त्यस्तो माग २४ सय ३८ मेगावाट पुग्ने प्राधिकरणले प्रक्षेपण गरेको छ ।

    images
    images
    images

    माग र आपूर्तिको असन्तुलन वर्षा यामको विद्युत खेर गएको छ भने सुख्खायाममा विद्युतको माग बढिरहेको छ र पूर्ण रुपमा आपूर्ति गर्न नसकिएको शाक्यले बताए ।

    images
    images
    images

    ‘आगामी दिनमा यसको व्यवस्थापन अझै चुनौतीपूर्ण देखिन्छ । प्राधिकरणको प्रक्षेपण अनुसार ०८२÷८३ मा वर्षा याममा २६४८ मेगावाट , ०८३÷८४ मा ३३१६ मेगावाट विद्युत जगेडा रहनेछ ।’ शाक्यले भने, ‘यो निर्यात हुनुपर्ने देखिएको छ ।  तर त्यही समयमा २०८२÷८३ को सुख्खा याममा ७९१ मेगावाट र ०८३÷८४ मा ७२८ मेगावट अपुग आयात गर्नुपर्ने देखिन्छ ।’

    images
    images

    शाक्यले आगामी दिनमा विद्युत आयात शुन्य नहुने बताउँदै अहिलेकै हिसाबले अघि बढ्दा आयात हटाउन अझै केही वर्ष नसकिने बताए । शाक्यका अनुसार यसको दिगो समाधान र उर्जा सुरक्षाका लागि अर्धजलाशय, जलाशय, पम्पजलाशययुक्त आयोजना र ब्याट्री उर्जा भण्डारण प्रणाली निर्माण गरी उर्जा भण्डारण गर्नुपर्छ । यससँगै विद्युत खपतको वार्षिक वृद्धिदर हालको १२–१४ प्रतिशतलाई बढाएर २० प्रतिशत पु¥याउन सबै प्रयास गर्नुपर्ने उनले बताए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।