Logo

२०८३, कार्तिक २८गते


images
images

सुनवलमा पोखरीमा डुबेर भाइको मृत्यु , दाई बेपत्ता

सुनवलमा पोखरीमा डुबेर भाइको मृत्यु , दाई बेपत्ता

images
  • सुनवलमा पोखरीमा डुबेर भाइको मृत्यु , दाई बेपत्ता
    images

    देवदह । नवलपरासीको सुनवल ६ पुलटोलमा पोखरीमा डुबेर एक बालकको ज्यान गएको छ । स्थानीय जनसेवा मावि सुनवलको कक्षा २ मा अध्ययनरत ८ बर्षिय दिप्सन कुँवरको पोखरीमा डुवेर ज्यान गएको हो ।

    images
    images
    images

    शुक्रवार विहान १० बर्षिय दाजु विसन कुँवरको साथमा पोखरीमा पौडी खेल्न गएका उनी अपरान्ह मृत भेटिएको इलाका प्रहरी कार्यालय सुनवलका प्रहरी निरिक्षक सन्तोष पौडेलले जानकारी दिए ।

    images
    images
    images

    प्रहरी निरिक्षक पौडेलका अनुसार मृतकका दाई विसन समेत यो समाचार तयार पार्दा सम्म सम्पर्कमा आएका छैनन् । ‘स्थानीयले पोखरीमा केहि तैरिएको जस्तो देखेपछि हामीलाई खबर गर्नुभयो र हामी तत्काल आएर हेर्दा शव भेटिएको हो ।’ प्रहरी निरिक्षक पौडेलले भने, ‘हामीले विसनको खोजि कार्य गरिरहेका छौं ।’

    images
    images

    स्थानीय विशासय सामुदायिक वन क्षेत्रमा रहेको उक्त पोखरी एक सय आठ पिपलको छेउमा रहेको छ । कुँवर दाजुभाईका लुगा पोखरीको डिलमा भेटिएको समेत प्रहरीले जनाएको छ । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # पोखरी
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।