Logo

२०८३, कार्तिक २८गते


images
images

मौसम

पश्चिमी वायुको प्रभाव: पहाडी क्षेत्रमा वर्षाको सम्भावना

पश्चिमी वायुको प्रभाव: पहाडी क्षेत्रमा वर्षाको सम्भावना

images
  • पश्चिमी वायुको प्रभाव: पहाडी क्षेत्रमा वर्षाको सम्भावना
    फाईल फोटो
    images

    काठमाडौँ । हाल देशमा पश्चिमी वायु, स्थानीय वायु र बङ्गालको खाडीबाट भित्रिएको जलवाष्पयुक्त हावाको संयुक्त प्रभाव देखिएको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार यसको असर विशेषगरी कोशी र सुदूरपश्चिम प्रदेशसहित देशका पहाडी भूभागमा बढी परिरहेको छ।

    images
    images
    images

    कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भेगमा एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षा भइरहेको छ। अहिले अधिकांश पहाडी क्षेत्रहरूमा आंशिकदेखि सामान्य बदली छ भने अन्य क्षेत्रहरूमा मौसम आंशिक बदली रहेको बताइएको छ।

    images
    images
    images

    दिउँसो सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशलगायतका पहाडी भूभागमा सामान्य बदली रहनेछ। यिनै क्षेत्रका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। साथै, देशका अन्य भूभागका एक–दुई स्थानमा पनि यस्तै प्रकारको वर्षा हुन सक्ने सम्भावना महाशाखाले औंल्याएको छ।

    images
    images

    देशका केही हिमाली क्षेत्रहरूमा हल्का हिमपातसमेत हुन सक्ने जनाइएको छ। यस्तो मौसमले दैनिक जनजीवनसँगै कृषि, स्वास्थ्य, सडक र हवाई यातायातमा असर पार्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।