Logo

२०८३, कार्तिक २८गते


images
images

पोखरीमा डुबेर दुई बालकको ज्यान गयो

पोखरीमा डुबेर दुई बालकको ज्यान गयो

images
  • पोखरीमा डुबेर दुई बालकको ज्यान गयो
    images

    देवदह । नवलपरासीको सुनवल नगरपालिका वडा नं ६ पुलटोलको पोखरीमा हराइरहेका बालकको शब भेटिएको छ । शुक्रबार पौडी खेल्न गएका दाजु भाइ नै पोखरीमा डुबेकोमा भाइको शब तुरुन्दै भेटिए पनि दाजु भेटिएका थिएनन् । 

    images
    images
    images

    स्थानीय जनसेवा मावि सुनवलको कक्षा २ मा अध्ययनरत ८ बर्षिय दिप्सन कुँवरको पोखरीमा डुवेर मृत्यु भएपछी १० बर्षिय दाजु विसन कुँवरको पनि खोजी भैरहेको थियो । पोखरीमै शुक्रबार बेलुका विसन कुँवर पनि मृत भेटिएको इलाका प्रहरी कार्यालय सुनवलका प्रहरी निरिक्षक सन्तोष पौडेलले जानकारी दिए ।
     
    प्रहरी निरिक्षक पौडेलका अनुसार पौडी खेल्ने क्रममा ज्यान गुमाएका बालकका बुवा काममा गएका थिए । उनीहरुको आमा बैदेशिक रोजगारमा रहेको प्रहरीले जनाएको छ । 
     
    स्थानीय विशासय सामुदायिक वन क्षेत्रमा रहेको उक्त पोखरी एक सय आठ पिपलको छेउमा रहेको छ ।  उक्त पोखरीमा यस अघि बालबालिका डुबेको नपाइएको र यो पहिलो घटना भएको प्रहरीले जनाएको छ । 

    images
    images
    images

    गर्मीको समयमा पौडी खेल्ने क्रममा डुब्ने तथा झाडीहरुमा जाँदा सर्पले डस्ने सम्भावना बढी हुने भएकोले आफ्ना बालबालिकाको सामान्य भन्दा बढी ख्याल गर्न प्रहरीले अनुरोध गरेको छ । 

    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।