Logo

२०८३, आश्विन १०गते


images
images

शिक्षा

कक्षा १२ को परीक्षा आजदेखि, पाँच लाखभन्दा बढी परीक्षार्थी सहभागी

कक्षा १२ को परीक्षा आजदेखि, पाँच लाखभन्दा बढी परीक्षार्थी सहभागी

images
  • कक्षा १२ को परीक्षा आजदेखि, पाँच लाखभन्दा बढी परीक्षार्थी सहभागी
    images
    images

    काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले आज आइतबार बिहान ८ बजेबाट देशभरका परीक्षा केन्द्रहरूमा कक्षा १२ को परीक्षा एकैसाथ सुरु गरेको छ । बोर्डका अध्यक्ष महाश्रम शर्माले परीक्षा सुरुवातअघि तयारी सम्पूर्ण रूपमा पूरा भएको जानकारी दिँदै परीक्षार्थीहरूलाई आत्मविश्वासका साथ परीक्षा दिन आग्रह गरेका छन् ।

    images
    images
    images

    परीक्षा जेठ २ गतेसम्म सञ्चालन हुनेछ । बोर्डका अनुसार देशभर एक हजार ५९० परीक्षा केन्द्र र जापानमा एक केन्द्र गरी कुल एक हजार ५९१ परीक्षा केन्द्र तोकिएको छ। सबैभन्दा धेरै काठमाडौँमा १६२ केन्द्र तोकिएको छ भने मनाङ र मुस्ताङमा मात्र एक–एक केन्द्र रहेका छन्।

    images
    images
    images

    परीक्षा सञ्चालनका लागि सोही संख्यामा केन्द्राध्यक्ष र सहायक केन्द्राध्यक्ष खटाइएका छन्। विद्यार्थी संख्याको आधारमा करिब दुई हजार कर्मचारी, प्रत्येक केन्द्रमा कम्तीमा एक कार्यालय सहयोगी र २० हजार सुरक्षाकर्मी परिचालित गरिएको छ।

    images
    images
    images

    यस वर्ष नियमिततर्फ पाँच हजार २०२ विद्यालयका ३ लाख ९५ हजार ९०८ परीक्षार्थी सहभागी हुँदैछन्। तीमध्ये एक लाख ९८ हजार ८७५ छात्र र एक लाख ९७ हजार १३ छात्रा छन्। आंशिकतर्फ एक लाख १५ हजार ६१७ परीक्षार्थी सहभागी हुने भएकाले कुल परीक्षार्थी संख्या पाँच लाख ११ हजार ५२५ पुगेको छ।

    सबैभन्दा धेरै परीक्षार्थी काठमाडौँबाट ६८ हजार १३३ जना सहभागी छन् भने सबैभन्दा कम ४५ जना मनाङबाट परीक्षा दिइरहेका छन्। दृष्टिविहीन, सुस्त मनस्थिति, कम श्रवणशक्ति तथा अन्य अपाङ्गता भएका परीक्षार्थीका लागि विशेष व्यवस्था गरिएको बोर्डका परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले जानकारी दिए।

    कारागार र बाल सुधारगृहमा रहेका परीक्षार्थीलाई पनि परीक्षा दिने व्यवस्था मिलाइएको छ। परीक्षा केन्द्रमा जिल्ला परीक्षा समन्वय समिति वा परीक्षा नियन्त्रकको अनुमति बिना कोही प्रवेश गर्न पाउने छैन। परीक्षा मर्यादा उल्लंघन भएमा केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष वा निरीक्षक तत्काल परिवर्तन गर्न सकिने प्रावधान राखिएको छ।

    परीक्षा अवधिभर केन्द्राध्यक्ष बाहेक अन्य कसैलाई मोबाइल फोन लैजान निषेध गरिएको छ। परीक्षार्थीलाई पनि मोबाइल, स्मार्ट घडी र अन्य इलेक्ट्रोनिक उपकरण (लोडेड कागजात नभएको क्याल्कुलेटरबाहेक) परीक्षा हलमा लैजान दिइने छैन।

    यदि परीक्षा स्थलमा शिक्षक, कर्मचारी, निरीक्षक वा परीक्षार्थीबाट प्रतिबन्धित सामग्री भेटिएमा शिक्षा ऐन, २०२८ को दफा १७ (१ क) ‘च’ अनुसार कानुनी कारबाही गरिनेछ।

    परीक्षाको पहिलो दिन अनिवार्य अंग्रेजी, संस्कृत रचना, बुद्ध शिक्षा र उर्दू व्याकरण विषयको परीक्षा हुँदैछ। आजको परीक्षामा साधारण तथा परम्परागत धारतर्फका (रजिस्ट्रेशन नम्बर सुरुका दुई अंक ७८, ७९, ८०, ८१) र प्राविधिक धारतर्फका (रजिस्ट्रेशन नम्बर सुरुका दुई अंक ७९, ८०, ८१) नियमित तथा आंशिक परीक्षार्थी सहभागी छन्।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।