नवलपरासी । वर्षाका कारण पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बुटवल–नारायणगढ सडकखण्डको दाउन्ने क्षेत्र पूर्ण रूपमा अवरुद्ध भएको छ। जिल्ला प्रहरी कार्यालय नवलपरासी (पूर्व) का अनुसार वर्षाका कारण सडक सतह चिप्लिएको र सवारी साधन उकालोमा स्लिप भएपछि सवारी आवागमन बन्द भएको हो।
दाउन्ने क्षेत्रमा उकालो चढ्ने क्रममा सवारी साधन चिप्लिएर थुनिएको अवस्था सिर्जना भएपछि सडकको दुवैतर्फ सवारी रोकिएको छ। प्रहरीले यात्रुहरूलाई सकेसम्म वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध गरेको छ। वर्षाले सडक थप जोखिमपूर्ण बनेको भन्दै यात्रुहरूलाई सतर्क रहन पनि प्रहरीले आग्रह गरेको छ।
सडक खुलाउने प्रयास जारी रहे पनि वर्षाले कठिनाइ भएको जनाइएको छ। यो मार्ग भएर यात्रा गर्नुपर्ने यात्रुहरूले सम्भव भएसम्म यात्रा स्थगित गर्न वा अन्य मार्ग प्रयोग गर्न सुझाव दिइएको छ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology