Logo

२०८३, कार्तिक २८गते


images
images

विश्व प्रेस स्वतन्त्रता दिवस : बुटवलमा दिप प्रज्वलन

विश्व प्रेस स्वतन्त्रता दिवस : बुटवलमा दिप प्रज्वलन

images
  • विश्व प्रेस स्वतन्त्रता दिवस : बुटवलमा दिप प्रज्वलन
    images

    बुटवल । विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा बुटवलमा प्रेस सेन्टर नेपाल रुपन्देहीले दिप प्रज्वलन गरेको छ। पछिल्लो समय विभिन्न समूहले गरेको आन्दोलनमा हत्या गरिएका पत्रकार सुरेश रजकको न्याय र घाइते पत्रकार सविना कार्कीको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै प्रेस सेन्टर कार्यालय परिसरमा दीप प्रज्ज्वलन गरिएको प्रेस सेन्टर रुपन्देहीले जनाएको छ ।

    images
    images
    images

    कार्यक्रममा बोल्दै वक्ताहरुले संविधानमा पूर्ण प्रेस स्वतन्त्रता लेखिएको भएपनि त्यसको व्यवहारिक कार्यान्वयन नभएको र दिनानुदिन पत्रकारको हत्या र आक्रमणका घटनाले पेशागत सुरक्षाको लागि लडिरहेका श्रमजीवी पत्रकारहरुमाथि भौतिक सुरक्षा प्रमुख बनेर आएको बताएका छन् । 

    images
    images
    images

    दीप प्रज्ज्वलन कार्यक्रममा प्रेस सेन्टर नेपालका केन्द्रिय नेताहरु यानेन्द्र जिसी, रुद्रहरी कुँवर, रमेश पोखरेल, संजय सौगात, समाजवादी प्रेस संगठन नेपालका जिल्ला अध्यक्ष विनोद परियार, अनलाइनखबरका लुम्बिनी व्युरो प्रमुख टिआर शर्मा, फोनिजका जिल्ला अध्यक्ष मीन राना लगायतको उपस्थिति रहेको थियो । 
     
    प्रेस सेन्टर जिल्ला अध्यक्ष बिष्णु पोखरेलको अध्यक्षता रहेको कार्यक्रममा प्रेस सेन्टरका जिल्ला सचिव सनु थापा, कोषाध्यक्ष भरत पाण्डे, सहसचिव रिया केसी, सुनिता चुंदाली लगायतको सहभागी थिए । 

    images
    images

    प्रेस सेन्टर नेपाल .jpeg

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।