बुटवल । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री कुलप्रसाद केसीले कोभिडबाट थलिएको उद्योग-व्यापार क्षेत्रको उत्थानका लागि विद्युत महसुल र राजश्वमा छुट दिन सकिने बताएका छन् ।
उद्योग व्यापार संगठन तिलोत्तमाको ७ औं साधरणसभा एवं चौथो अधिवशेनमा बोल्दै मुख्यमन्त्री केसीले कोराना महामारीबाट प्रभावित अर्थतन्त्रलाई चलाएमान बनाउन सरकारले सबैखाले सहयोग गर्ने बताएका हुन् ।
प्रदेशवासीको जीवनलाई समृद्ध बनाउनको लागि उद्योग तथा व्यापार क्षेत्रको महत्वपुर्ण योगदान रहेकोले उल्लेख गर्दै मुख्यमन्त्री केसीले उद्योग व्यापार क्षेत्रलाई संकटबाट बचाउँन सरकार प्रतिबद्ध रहेको बताए ।
लुम्बिनी प्रदेश सरकारले पछिल्लो चरणमा लिएको बजेट उद्योग मैत्री रहेको बताउँदै उनले सबै उद्योग व्यवसायीहरुलाई निर्धक्क भएर लगानी गर्न अनुरोध गरे ।
सरकारले प्रदेश बैंक स्थापना, जनताको रोजगार, उपचार र शिक्षालाई पहिलो प्राथमिकतामा राखेको बताउँदै केसीले सम्पूर्ण व्यवसायी एवं नागरिकलाई मंसिर सम्ममा कोरोना विरुद्धको खोप प्रदान गर्ने बताए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology