काठमाडौं । राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिले निर्माणाधीन संसद भवनको काम सुस्त भएको भन्दै चिन्ता व्यक्त गरेको छ । आईतवार सिंहदरबारस्थित नयाँ संसद भवनको स्थलगत अनुगमनमा निस्केको समितिले काममा आवश्यक गति नदेखिएको निष्कर्ष निकालेको हो ।
निरीक्षण टोलीमा सभापति ठाकुर गैरेसहितका सांसद सहभागी थिए । अनुगमनपछि सभापति गैरेले मन्त्रालयलाई निर्माण तीन चरणमा विभाजन गरेर २ सय दिनभित्र काम सम्पन्न गर्न सकिने स्पष्ट संकेत दिएका छन् ।
तर मन्त्रालयले नियमित अनुगमन नगरेमा तोकिएको समयभित्र काम सक्न गाह्रो हुने चेतावनी दिँदै सभापति गैरेले म्याद थपिएको अवस्थामा पनि समयमै काम नसकिने अवस्था आउन सक्ने बताए ।
समितिले संसद भवन निर्माणको म्याद थप्दा सम्बन्धित मन्त्री समितिमा स्वयम् उपस्थित भएर ढिलाइको कारण व्याख्या गर्नुपर्ने भनेको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology