बुटवल । बुटवलको कालिका पथ स्थित सडकको विचमा रहेको विद्युतको हाइटेन्सन पोलमा मोटरसाइकल ठोक्किदाँ एक जनाको ज्यान गएको छ ।
जिल्लाको तिलोत्तमा नगरपालिका वडा नम्बर २ स्थित शंकरनगरका २० वर्षीय गोपाल टण्डनको विद्युतिय हाइटेन्सन पोलमा ठोक्किएर ज्यान गएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सुचना अधिकारी डिएसपी सुरज कार्कीले जानकारी दिए ।
शनिवार राति लु ४८ प ३१७० नम्बरको मोटरसाइकल बुटवल–११ कालिका पथमा विद्युतको पोलमा ठोक्किँदा दुर्घटना भएको हो ।
पोलमा ठोक्किएर झाँडीमा मोटरसाइकलसँगै उछिटिएरका टण्डनको शव सोमवार विहान मात्रै स्थानीयले देखेर प्रहरीलाई खबर गरेका थिए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology