काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले वर्तमान सरकार जनअपेक्षाअनुसार अगाडि नबढेको आरोप लगाउँदै यसलाई मुलुककै निम्ति बोझ भएको टिप्पणी गरेका छन्। संसद भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै अध्यक्ष नेपालले सरकार नतिजा दिने होइन, अब उद्देश्यहीन समेत भएको आरोप लगाउँदै भने, “गतिहीन र यथास्थितिवादी अवस्थामा सरकार पुगेको छ।”
उनका अनुसार नीति तथा कार्यक्रमले नयाँ दिशा दिनुको साटो परम्परा धान्ने शैलीमा मात्रै ल्याइएको छ। युवाको समस्या, अर्थतन्त्रको सुधार र जनआशा सम्बोधनमा सरकार पूर्णतः उदासीन भएको उनको आरोप छ।
उनले सरकारको विकल्प खोज्नुपर्ने आवश्यकता औँल्याए पनि दुई ठूला दलबीच सहमति नरहँदासम्म नयाँ सत्ता समीकरण सम्भव नरहेको स्वीकार गरे।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology