Logo

२०८३, कार्तिक २८गते


images
images

रङ मिल्यो भन्दैमा बिरालो बाघ हुन्न : सांसद शाही

रङ मिल्यो भन्दैमा बिरालो बाघ हुन्न : सांसद शाही

images
  • रङ मिल्यो भन्दैमा बिरालो बाघ हुन्न : सांसद शाही
    images

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले राजसंस्थालाई जनमत वा आन्दोलनबाट नभई छलकपटबाट हटाइएको टिप्पणी गरेका छन् । मंगलवार प्रतिनिधि सभाको बैठकमा आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै उनले यस्तो अभिव्यक्ति दिएका हुन् ।

    images
    images
    images

    प्रमुख सचेतक शाहीले कसैको राजनीतिक आस्थामाथि प्रहार गर्नु उचित नहुने धारणा व्यक्त गर्दै पूर्वराजा ज्ञानेन्द्र शाहलाई बाघको संज्ञा दिए । उनले हालको राजनीतिक नेतृत्वलाई लक्षित गर्दै, रङ मिल्यो भन्दैमा बिरालो बाघ बन्न नसक्ने टिप्पणी गरे ।

    images
    images
    images

    उनले भने, “कसैको राजनीतिक आस्थामाथि ठाउँठाउँमा प्रश्न उठेको छ। अघिल्लो माननीयले, बाघ होइन भन्नुभयो। बाघ त बाघै हो। रङ मिल्यो भन्दैमा बिरालो बाघ हुन सक्दैन।”

    images
    images

    शाहीले हालका राजनीतिक दलहरूको उत्पत्ति विदेशमै भएको दाबी गरे । उनले पूर्वराजदूतहरू र तत्कालीन भारतीय विदेशमन्त्री सुष्मा स्वराजको अभिव्यक्ति उद्धृत गर्दै वर्तमान संविधान र व्यवस्थाको जरा विदेशी शक्तिमा रहेको जिकिर गरे ।

    “तपाईंहरुको क्रान्ति कहाँबाट आयो भन्ने कुरा त थाहा छ नि । चाहे १२ बुँदे सम्झौताको कुरा गर्नुस्, चाहे नेताहरु लुक्नुपरेको सन्दर्भ होस्—सबैको जन्म विदेशमै भएको हो। म एक्लैले भनेको होइन, पूर्वराजदूतहरूले बोलेका स्टेटमेन्ट हेर्नुस्। भारतकी विदेशमन्त्री सुष्मा स्वराजले संसद्मै तपाईंहरुले राजा कसरी फाल्नुभयो, विदेशीको आडमा भन्नुभएको छ,” उनले भने ।

    शाहीले राष्ट्रवादको सन्दर्भ जोड्दै भने, “राष्ट्रवादी भनेको राष्ट्रवादी हुन्छ। बाघ बुढो भए पनि बाघै हो। बिरालोको रङ मिल्यो भन्दैमा बिरालो बाघ हुन्छ त? यो देशको इतिहास हो राजसंस्था। राजा भनेको राजै हो।”

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।