Logo

२०८३, कार्तिक २८गते


images
images

भारत-पाकिस्तान तनाव

मध्यरातमा भारतद्वारा पाकिस्तानमाथि आक्रमण

मध्यरातमा भारतद्वारा पाकिस्तानमाथि आक्रमण

images
  • मध्यरातमा भारतद्वारा पाकिस्तानमाथि आक्रमण
    images

    काठमाडौं । भारतीय सेनाले पाकिस्तान र पाकिस्तान अधिनस्थ जम्मु–कश्मीरमा रहेका 'आतंकवादी' शिविरहरूमा सोमबार मध्यराति 'एयर स्ट्राइक' गरेको छ। 'अपरेशन सिन्दूर' नाम दिइएको उक्त कारबाही अन्तर्गत भारतीय सेनाले नौ स्थानमा हवाई आक्रमण गरेको भारतीय सञ्चारमाध्यम दैनिक भास्करले जनाएका छन्।

    images
    images
    images

    भारतीय सेनाले 'आतंकवादी शिविर'हरूलाई मात्र लक्षित गरिएको जनाएको छ भने पाकिस्तानको सैन्य संरचनालाई भने आक्रमणबाहिर राखिएको उल्लेख गरिएको छ।

    images
    images
    images

    हमलाको पृष्ठभूमि कश्मीरको पहलगाममा अप्रिल २२ मा भएको आक्रमण हो । जुन हमलामा एक नेपालीसहित २६ जना पर्यटकको ज्यान गएको थियो। रिपोर्टहरूका अनुसार आक्रमणकारीहरूले धर्मको पहिचान गरेपछि पर्यटकहरूलाई गोली प्रहार गरेका थिए।

    images
    images

    भारतीय राष्ट्रिय अनुसन्धान एजेन्सी (एनआईए) ले पहलगाम घटनाको अनुसन्धान गरिरहेको छ र यस विषयमा अप्रिल २७ मा जम्मुमा मुद्दा दर्ता गरिएको छ।

    यसअघि, अप्रिल २३ मा भारतीय विदेश सचिव विक्रम मिश्रीले पाकिस्तानका नागरिकहरूलाई दिइएको १४ प्रकारका भिसा रद्द गरिएको जानकारी दिएका थिए। जसअनुसार सार्क भिसा धारकहरूलाई अप्रिल २६ सम्म भारत छोड्न भनिएको थियो भने मेडिकल भिसा हुनेहरूलाई अप्रिल २९ सम्मको समय दिइएको थियो। अन्य श्रेणीका भिसा धारकहरूलाई अप्रिल २७ सम्मको समय दिइएको थियो।

    यसैबीच, भारतीय सञ्चारमाध्यम एबीपी न्यूजले भारतीय सेनाले पहलगाम घटनाको ‘बदला’ स्वरूप एयर स्ट्राइक गरेको दाबी गरेको छ।

    उता, पाकिस्तानी सेनाका प्रवक्ता लेफ्टिनेन्ट जनरल अहमद शरीफ चौधरीले भारतले कोटली, बहावलपुर र मुजफ्फराबादमा ‘कायरतापूर्ण मिसाइल आक्रमण’ गरेको आरोप लगाएका छन्।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।