एजेन्सी । भारत र पाकिस्तानबीचको युद्धका बीच संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले गल्ती नगर्न आग्रह गरेका छन् । सैन्य समाधान कुनै समाधान नभएको उनको भनाइ छ ।
गुटेरेसले दुवै देशका सरकार र जनताप्रति सम्मान व्यक्त गर्दै संयुक्त राष्ट्रको शान्ति स्थापनामा उनीहरूको महत्वपूर्ण योगदान रहेको बताएका छन् । सम्बन्ध बिग्रिएको देख्दा आफूलाई पीडा महशुस भएको उनले बताएका छन् ।
नागरिकलाई निशाना बनाउनु अस्वीकार्य भएको उनको भनाइ छ। जिम्मेवारलाई विश्वसनीय र कानूनी माध्यमबाट न्यायको कठघरामा ल्याउनुपर्ने उनको माग छ ।
अप्रिल २२ मा भारत नियन्त्रित कश्मीरको पहलगाममा पर्यटकहरूमाथि आक्रमण भएपछि भारत र पाकिस्तानबीच तनाव बढेको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology