एजेन्सी । अक्टोबर ७, २०२३ मा इजरायलले सैन्य आक्रमण सुरु गरेयता गाजा पट्टीमा १६ हजारभन्दा बढी बालबालिकाले ज्यान गुमाएका छन्। गाजाका स्वास्थ्य अधिकारीहरूसँगको फिल्ड अस्पतालका निर्देशक मारवान अल–हम्सका अनुसार मृत्यु हुनेमा १६ हजार २ सय ७८ बालबालिकाहरू रहेका छन्। तीमध्ये ९०८ शिशु र ३११ नवजात शिशु जन्मेपछि नै मृत भएका हुन्।
दक्षिणी गाजाको खान युनिसस्थित नासेर मेडिकल कम्प्लेक्समा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अल–हम्सले इजरायलले क्रसिङहरू बन्द गरेयता मानवीय अवस्था गम्भीर रूपमा बिग्रिएको र आवश्यक स्वास्थ्य सेवा अवरुद्ध भएको बताए। उनले हजारौँ बालबालिका र गर्भवती महिलाहरू चिकित्सा सेवाबाट वञ्चित भएकाले संकट थप गहिरिएको उल्लेख गरे।
अल–हम्सका अनुसार इजरायली आक्रमणमा पूर्वाधार ध्वस्त पारिँदा र मानवीय सहायता अस्वीकार गर्दा धेरै बालबालिकाहरू दैनिक अपूर्ण खानामा बाँच्न बाध्य छन्। सफा पिउने पानी र पोषणको सीमित पहुँचका कारण स्वास्थ्य संकट थप गहिरिएको छ।
अक्टोबर २०२३ यता इजरायली आक्रमणमा ५२ हजारभन्दा बढी प्यालेस्टिनीको मृत्यु भएको छ। मार्च १८ मा इजरायलले गाजामा आक्रमण पुनः सुरु गरेयता मात्र लगभग २ हजार ५ सय जनाको मृत्यु भएको बताइएको छ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology