Logo

२०८३, आश्विन ९गते


images
images

स्वास्थ्य

कुष्ठरोगको उपचारमा जनशक्ति अभाव, हरेक वर्ष थपिन्छन् झन्डै तिन हजार विरामी

कुष्ठरोगको उपचारमा जनशक्ति अभाव, हरेक वर्ष थपिन्छन् झन्डै तिन हजार विरामी

images
  • कुष्ठरोगको उपचारमा जनशक्ति अभाव, हरेक वर्ष थपिन्छन् झन्डै तिन हजार विरामी
    images
    images

    काठमाडौं । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. चन्द्रभाल झाले कुष्ठरोगको उपचारका लागि जनशक्तिको अभाव रहेको बताएका छन्। काठमाडौंमा सुरु भएको दुई दिने राष्ट्रिय सम्मेलनको उद्घाटनपछिको पत्रकार सम्मेलनमा उनले नेपालमा छाला सम्बन्धी रोगको उपचार गर्ने जनशक्ति पर्याप्त नभएको बताएका हुन्। 

    images
    images
    images

    उनको भनाइमा, छाला विशेषज्ञहरुको दरबन्दी पुरानै छ र पहिले अञ्चल अस्पतालमा मात्र डर्माटोलोजिस्टको दरबन्दी थियो। अहिले दरबन्दी थप्ने काम महाशाखाको नभएर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको भएकाले बिस्तारै दरबन्दी थप भए पनि पर्याप्त नभएको उनले स्पष्ट पारे। सबै ठाउँमा दरबन्दी पठाउन नसकेको स्वीकारे।

    images
    images
    images

    कुष्ठरोग उन्मूलनका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय साझेदारी, प्रभावित व्यक्तिहरूलाई प्रदान गरिने सेवा-सुविधा र संरक्षणका लागि नीति तथा कानूनी पक्षमा सम्मेलनमा छलफल हुनेछ। चिकित्सकहरूका अनुसार, कुष्ठ रोग समयमै पहिचान र उपचार नभए अपांगता हुने सम्भावना रहन्छ।

    images
    images
    images

    नेपालमा हरेक वर्ष करिब २ हजार ८ सय ६७ नयाँ कुष्ठरोगी थपिन्छन्। हाल करिब २ लाख कुष्ठरोगीमध्ये करिब ३० हजार अपांगताको अवस्थामा रहेका छन्।

    सम्मेलनको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका छन्। पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठ, प्रतिनिधिसभा शिक्षा तथा स्वास्थ्य समितिका सभापति अम्बरबहादुर थापा, नेपाल कानून समाजका अध्यक्ष पुष्पा भुसाल, विश्व स्वास्थ्य संगठनका प्रतिनिधि डा. राजेश सम्भाजिराओलगायतको सहभागिता रहेको छ।

    सम्मेलनमा कुष्ठरोग निवारणका क्षेत्रमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघसंस्थाका करिब ३ सय जना विशेषज्ञ र जानकारहरूको सहभागिता छ। प्रदेश र स्थानीय तहमा कुष्ठरोग उन्मूलनको गति बढाउने, असल अभ्यास तथा चुनौतीबारे छलफल र प्रस्तुति हुनेछ।

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।