Logo

२०८३, कार्तिक २८गते


images
images

गणतन्त्र र धर्मनिरपेक्षताको अन्त्य जरुरी : अध्यक्ष लिङदेन

गणतन्त्र र धर्मनिरपेक्षताको अन्त्य जरुरी : अध्यक्ष लिङदेन

images
  • गणतन्त्र र धर्मनिरपेक्षताको अन्त्य जरुरी : अध्यक्ष लिङदेन
    images

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले गणतन्त्र र धर्मनिरपेक्षताको अन्त्य गर्दै राजासहितको प्रजातन्त्र चाहनेबीच ध्रुवीकरणको आवश्यकता औंल्याएका छन्।

    images
    images
    images

    राजसंस्था पुनःस्थापनाका लागि गठित नवराज सुवेदी नेतृत्वको संयुक्त जनआन्दोलन समितिले बिहीवार काठमाडौंमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै लिङदेनले राजसंस्था र हिन्दु राष्ट्रको पक्षमा रहेका अन्य दलका नेता–कार्यकर्तालाई ध्रुवीकरण हुन आह्वान गरे। उनले राष्ट्रवादी आन्दोलन देशका लागि भएकोले सम्पूर्ण देशवासीलाई आन्दोलनमा सहभागी हुन आग्रहसमेत गरे।

    images
    images
    images

    "मुलुक यही अवस्थामा बसिरहन सक्दैन," अध्यक्ष लिङदेनले भने, "अबको आन्दोलन सफल नभएसम्म नरोकिनेछ। नयाँ सम्झौतामा जानैपर्छ।"

    images
    images

    उनले यदि गणतन्त्र पक्षधरले दमनको बाटो रोजे भने उनीहरू बढारिने चेतावनी पनि दिए। "अब बल सरकारको कोर्टमा छ," उनले भने, "तपाईंहरू के चाहनुहुन्छ? दमन र जालझेलको सहारा नलिई समझदारीमा आउन गणतन्त्र पक्षधर दल र सरकारलाई आग्रह गर्दछु।"

    लिङदेनले वैशाख २५ लाई राजसंस्था र हिन्दु राष्ट्रको पुनःस्थापनासहित संघीयता खारेजीको आन्दोलनका लागि महत्वपूर्ण दिनका रूपमा चित्रित गरे।

    उनले अबदेखि राप्रपाका सबै कार्यक्रम आन्दोलनकै अंगको रूपमा अघि बढ्ने घोषणा समेत गरे।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।