Logo

२०८३, कार्तिक २८गते


images
images

संविधान र व्यवस्था विरोधी गतिविधि सह्य नहुने चेतावनी

संविधान र व्यवस्था विरोधी गतिविधि सह्य नहुने चेतावनी

images
  • संविधान र व्यवस्था विरोधी गतिविधि सह्य नहुने चेतावनी
    images

    काठमाडौं । गृहमन्त्री रमेश लेखकले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको विरुद्धमा हुने कुनै पनि गतिविधि सह्य नहुने चेतावनी दिएका छन् ।प्रतिनिधि सभाको बिहीवारको बैठकमा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिँदै गृहमन्त्री लेखकले यस्तो चेतावनी दिएका हुन् । 

    images
    images
    images

    संविधान र व्यवस्थाविरोधी अराजक गतिविधिलाई कानूनी दायरामा ल्याई नागरिकलाई सुरक्षा दिने सरकारको प्रतिबद्धता रहेको उनले बताएका छन् ।
     
    गृहमन्त्री लेखकले गत चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको राजावादी प्रदर्शनलाई विध्वंसात्मक घटना भन्दै यस सम्बन्धमा अनुसन्धान भइरहेको जानकारी दिए । उनले प्रदर्शनका क्रममा अराजक गतिविधिमा संलग्नहरूलाई नियन्त्रणमा लिई पूर्वाग्रहविना आवश्यक अनुसन्धान र अभियोजन भइरहेको बताए ।

    images
    images
    images

    लेखकले तीनकुने प्रदर्शनलाई संविधानविरोधी र विध्वंसात्मक घटना भन्दै यस्ता गतिविधि पुनः नदोहोर्याउन चेतावनी दिएका छन् । उनले भने, "गत चैत्र १५ गते तीनकुनेमा भएको राजावादी प्रदर्शनलाई सरकारले गम्भीरतापूर्वक लिएको छ । यसबारे अधिकारप्राप्त निकायबाट अनुसन्धान भइरहेको छ । अराजक गतिविधिमा संलग्नलाई नियन्त्रणमा लिएर बिना पूर्वाग्रह अनुसन्धान र अभियोजनको कार्य भइरहेको छ । यो घटना संविधान र व्यवस्थाविरोधी थियो ।"

    images
    images

    सांसदहरूले सदनमा उठाएका विषयहरू प्रति सरकार गम्भीर र सचेत रहेको पनि मन्त्री लेखकले बताएका छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।