काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले नेपाल राष्ट्र बैंकमा गभर्नर नियुक्त नहुनुले सरकारमाथि नकारात्मक असर पर्न सक्ने बताएका छन्। सांसद खतिवडाले बिहीवार संसद भवन बाहिर सञ्चारकर्मीहरूसँग कुरा गर्दै गभर्नर नियुक्तिमा भएको ढिलाइले अर्थतन्त्रमा समस्या उत्पन्न हुनसक्ने चेतावनी दिए।
उनले भने, "गभर्नरको निमित्त गभर्नरसँगै आएर हलो हड्किएको छ। कसैको लहडका भरमा गभर्नर नियुक्तिमा ढिलाइ गर्नु हुँदैन। अर्थतन्त्र झन् चलायमान छ, धितोपत्र बोर्डको व्यापक समाचारहरू आएका छन्। आर्थिक रूपमा कमजोर भयो भने के हुन्छ? बजेट अधिवेशनमा अर्थमन्त्रीले प्रस्तुत गर्ने बजेटमा गभर्नर नै नभएको बेला राष्ट्र बैंकमा भयो भने नकारात्मक असर पर्न सक्छ। त्यसैले गभर्नर छिटो नियुक्त गर्नुपर्छ।"
सांसद खतिवडाले सरकारले गलत ढंगबाट विदेशमा सम्पत्ति राखेको भए त्यसलाई सरकारी कोषमा ल्याउने पद्धति विकास गर्नुपर्नेमा जोड दिए। उनले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ठूला काण्डहरूको छानबिनमा ढिलाइ गरी साना काण्डहरूमा मात्र केन्द्रित भएको आरोप लगाए।
उनले भने, "कतिपय विषयवस्तुमा नेपालमै सानासाना मुद्दालाई केन्द्रित गर्ने र ठूला मुद्दाहरू नचलाउने प्रवृत्ति बढेको छ। सरकारले विदेशमा लगेर सम्पत्ति राख्नेहरूलाई कानून बनाएर सरकारी धनमा ल्याउने व्यवस्था गर्नुपर्छ। ठूला काण्डहरूको ढिला छानबिन गरेर साना काण्डहरूको छानबिनमा वाहीवाही कमाउने प्रवृत्तिलाई रोक्नुपर्छ।"
खतिवडाले एनआरएनले गरेका गतिविधिहरू पनि हेर्नुपर्ने र अख्तियारको पहुँचलाई हरेक क्षेत्रमा पुर्याउने प्रवृत्ति अन्त्य गर्नुपर्ने बताए। उनले सरकारी अनुदानको दुरुपयोग भएमा त्यसको अनुगमनका लागि अन्य निकायहरूलाई जिम्मा दिनुपर्ने स्पष्ट पारे।
उनले भने, "अख्तियारले गलत ठाउँमा गएर विदेशमा थुपारेको सम्पत्ति पत्ता लगाएको भए, त्यसलाई सरकारले ल्याउने वातावरण सिर्जना गर्नुपर्छ।"
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology