Logo

२०८३, कार्तिक २८गते


images
images

ऊर्जा क्षेत्रको विकासबिना समृद्धि असम्भव: हितेन्द्रदेव शाक्य

ऊर्जा क्षेत्रको विकासबिना समृद्धि असम्भव: हितेन्द्रदेव शाक्य

images
  • ऊर्जा क्षेत्रको विकासबिना समृद्धि असम्भव: हितेन्द्रदेव शाक्य
    images

    काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले ऊर्जा क्षेत्रको विकासले मात्र समृद्धितर्फ पुग्न सकिने बताएका छन् । बिहीवार काठमाडौंमा आयोजित विद्युत नियमन आयोगको छैठौं वार्षिक उत्सवमा बोल्दै शाक्यले समृद्धिका लागि ऊर्जा क्षेत्रको विकास अपरिहार्य भएको बताए। उनले विद्युत प्राधिकरणले विद्युत उत्पादनसँगै प्रशारण र वितरणमा पनि विशेष ध्यान दिइरहेको जानकारी दिए।

    images
    images
    images

    सेवा पुर्याउने क्रममा देखा पर्ने अप्ठ्यारा समाधानका लागि विद्युत नियमन आयोगसँग सहकार्य गर्ने प्रतिबद्धता पनि व्यक्त गरे।

    images
    images
    images

    उनले ऊर्जा क्षेत्रमा अझै पनि पर्याप्त नियमन नभएको उल्लेख गर्दै आगामी दिनमा विद्युत नियमन आयोगले नियामकीय अभाव पूरा गर्दै जानुपर्नेमा जोड दिए। शाक्यले विद्युत प्राधिकरणले आफूले गर्दै आएका कतिपय नियमनहरू अब आयोगको कार्यक्षेत्रभित्र पर्ने भन्दै ती जिम्मेवारीलाई बिस्तारै आयोगले लिनुपर्ने स्पष्ट पारे।

    images
    images

    उनले डेडिकेटर फिडर र ट्रंक लाइनको पुनरावलोकनसम्बन्धी काम नियमन आयोगबाटै हुनुपर्नेमा ढिलाइ भएको बताए। आगामी दिनमा आयोगको क्षेत्राधिकार विद्युत प्राधिकरणले नमिच्ने पनि उनको भनाइ छ।

    शाक्यले भने, "विद्युत प्राधिकरणले उत्पादन, प्रशारण र वितरणका क्रममा देखिएका नियामकीय अप्ठ्याराहरूमा नियमन आयोगसँग सहकार्य गर्दै जानेछ। डेडिकेटर फिडर र ट्रंक लाइनको पुनरावलोकनसम्बन्धी काम नियमन आयोगबाट प्रभावकारी रूपमा हुनु आवश्यक छ।"

    शाक्यले अघिल्ला आयोगका पदाधिकारीहरूले तयार पारेका आधारशिलामा वर्तमान नेतृत्वले काम गर्नुपर्ने बताए। उनले ब्याट्री इनर्जी स्टोरेज सिस्टम, पम्प स्टोरेज पावर प्लान्ट, इलेक्ट्रिसिटी मार्केट, र रिजर्भ क्यापासिटी मार्केट जस्ता क्षेत्रमा नियमन आयोगले सक्रियता देखाउनुपर्ने उल्लेख गरे।

    उनले भने, "हालको विद्युत ऐनमा केही दुविधाहरू छन्, जसले आयोजनाको काममा कठिनाइ निम्त्याएको छ। संसदमा विचाराधीन विद्युत विधेयकले पनि केही नयाँ चुनौती ल्याउन सक्छ। त्यस्ता दुविधाहरूलाई समाधान गर्न नियमन आयोगले सहजीकरणको भूमिका खेल्नुपर्छ।"

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।