Logo

२०८३, आश्विन ९गते


images
images

भारत-पाकिस्तान तनाव

भारत-पाकिस्तान तनाव : भारतका २७ विमानस्थल बन्द, सयौं उडान रद्द

भारत-पाकिस्तान तनाव : भारतका २७ विमानस्थल बन्द, सयौं उडान रद्द

images
  • भारत-पाकिस्तान तनाव : भारतका २७ विमानस्थल बन्द, सयौं उडान रद्द
    images
    images

    काठमाडौं । पाकिस्तानसँग तनाव बढेपछि भारत सरकारले २७ विमानस्थलहरु बन्द गरेको छ । पाकिस्तानले मिसाइल आक्रमण गरेपछि भारतको नागरिक उड्डयन मन्त्रालयले विमानस्थलहरु अस्थायी रुपमा बन्द गरेर सुरक्षा सतर्कता बढाएको हो ।

    images
    images
    images

    पाकिस्तानले बिहीबार राति एक्कासी भारततर्फ हमला गरेको थियो । सो हमलाको क्रममा जम्मु विमानस्थलमा ठूलो विष्फोटको आवाज सुनिएको थियो । तर त्यहाँको स्पष्ट विवरण सार्वजनिक भइसकेको छैन ।

    images
    images
    images

    पाकिस्तानबीच तनाव बढेपछि सुरक्षा परिस्थितिको कारण देखाउँदै भारतको जम्मुसहित अरु २७ विमानस्थलहरु १० मे बिहान साढे पाँच बजेसम्मका लागि बन्द गरिएको जनाइएको छ  ।

    images
    images
    images

    बन्द गरिएका विमानस्थलहरूमा जम्मु, धर्मशाला, हिन्दन, ग्वालियर, किसनगढ, श्रीनगर, अमृतसर, पटियाला, सिमला, गग्गल, जैसलमेर, जोधपुर, बिकानेर, हलवारा, पठानकोट, लेह, लुधियाना, भुन्तर, भटिण्डा, मुन्द्रा जामनगर, राजकोट, पोबन्दर, कांडला, केशोद, भुज र चण्डीगढ रहेका छन । 

    यी विमानस्थलहरू मुख्य रूपमा भारतका उत्तरी, पश्चिमी र केन्द्रीय भागहरूमा अवस्थित छन् । कुनै आन्तरिक र कुनै अन्तर्राष्ट्रिय विमानस्थलहरु छन् ।

    विमानस्थल बन्दले इन्डिगो, एयर इन्डिया, स्पाइसजेट लगायत प्रमुख एयरलाइन्स कम्पनीहरुले सयौं उडानहरू रद्ध गरेका छन् ।

    ती हवाई कम्पनीहरुले आफ्ना यात्रुहरूलाई यात्रा योजना पुनः मूल्यांकन गर्न र सम्बन्धित एयरलाइन्सहरूको आधिकारिक सूचना च्यानलहरूबाट अद्यावधिक जानकारी प्राप्त गर्न सल्लाह दिएका छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।