काठमाडौं । हाल देशभर पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यसका साथै बङ्गालको खाडी र अरब सागरबाट जलवाष्पयुक्त हावा भित्रिएर आंशिक प्रभाव पारिरहेको छ।
मौसम विज्ञान महाशाखाका अनुसार देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली देखापरेको छ भने बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ। बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी क्षेत्रका एक-दुई स्थानमा चट्याङसहित हल्का वर्षा भइरहेको जानकारी छ।
आज दिउँसो पनि देशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहनेछ। बाँकी भूभागमा भने मौसम मुख्यतया सफा रहने अपेक्षा गरिएको छ। पहाडी भूभागका केही स्थानमा तथा अन्य केही भागमा पनि चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुन सक्नेछ। हिमाली भूभागका एक-दुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको छ।
रातिको समयमा पनि पहाडी भूभागमा आंशिक बदली रहनेछ भने बाँकी स्थानमा मौसम सफा रहनेछ। पहाडी क्षेत्रका एक-दुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा तथा हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना कायम रहनेछ।
देशका पहाडी क्षेत्रमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना भएकाले जनजीवन, कृषि, स्वास्थ्य, सडक र हवाई यातायातमा असर पर्न सक्ने महाशाखाले जनाएको छ। महाशाखाले मौसमको जोखिमलाई मध्यनजर गर्दै आवश्यक सतर्कता अपनाउन सबैलाई आग्रह गरेको छ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology