काठमाडौं । पाल्पाको तिनाउ गाउँपालिका–३ सिद्धबाबा ड्यामसाइड नजिकै टिपर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।
बुटवलतर्फ आउँदै गरेको लु १ क २५१७ नम्बरको टिपरको टायर पन्चर हुँदा अनियन्त्रित भएर सडकबाट करिब ६५ मिटर तल तिनाउ खोला किनारमा खसेको प्रहरीले जनाएको छ।
दुर्घटना बिहीबार बेलुकी साढे ६ बजेतिर भएको थियो। दुर्घटनामा रुपन्देहीको सियारी गाउँपालिका–२ निवासी अन्दाजी २६ वर्षीय प्रभाकर यादवको मृत्यु भएको हो।
यादवलाई घटनास्थलबाट उद्धार गरी लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पठाइएको थियो। अस्पतालले उनलाई मृत घोषणा गरेको छ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology