Logo

२०८३, कार्तिक २८गते


images
images

गभर्नर नियुक्ति प्रकरण

सरकारले केही दिनभित्रै गभर्नर नियुक्ति गर्छ : महेश बर्तौला

सरकारले केही दिनभित्रै गभर्नर नियुक्ति गर्छ : महेश बर्तौला

images
  • सरकारले केही दिनभित्रै गभर्नर नियुक्ति गर्छ : महेश बर्तौला
    images

    काठमाडौं । नेकपा (एमाले) का  प्रमुख सचेतक महेश बर्तौलाले सरकारले केही दिनभित्रै नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्त गर्ने बताएका छन् । शुक्रवार संसद भवन परिसरमा पत्रकारहरुसँग कुरा गदै उनले गभर्नर नियुक्तिका लागि छलफलले केही समय लिएको बताए । 

    images
    images
    images

    प्रमुख सचेतक बर्तोलाले दलहरुबीच गभर्नर नियुक्तिको विषयमा कुनै असमझदारी नभएको प्रष्ट पारे । गभर्नर नियुक्तिको छलफल नियमित प्रक्रियाबाट नै अगाडि बढेको बताउदै उनले केही कानूनी जटिलताका कारण गभर्नर नियुक्तिको विषय अदालतमा पुगेकाले नियुक्तिमा ढिलाइ भएको जिकिर गरे । उनले सरकारले छलफललाई निश्कर्षमा पु¥याएर छिट्टै नियुक्ति गर्ने विश्वास व्यक्त गरे ।

    images
    images
    images

    ‘यसमा सरकार नियमति प्रक्रियाबाट छलफलको प्रक्रियामा छ । कहिले कहीँ कुनै जिम्मेबारी केही दिन अगाडि पनि नियुक्तिको प्रक्रिया टुङ्गिएर कार्यकाल सकिने, कोही व्यक्ति कार्यकाल सकिने बित्तिकै काम प्रक्रिया आरम्भ हुने अवस्था पनि बन्छ ।’ उनले भने, ‘केही दिनभित्रैमा तपाईहरुले गभर्नर नियुक्ति भएको  समाचार सुन्न पाउने हुनेछ । केही कानूनी विषय बने, अदालतमा प्रवेश पनि पायो । त्यसकारणले गर्दा पनि केही ढिलो भएको होला तथापि मेरो यो छिट्टै टुङ्गिन्छ ।’ 

    images
    images

    बर्तौलाले सरकारले वर्तमान संविधान र व्यवस्था विरुद्धको कुनैपनि गतिविधिको प्रतिवाद र विरोध गर्ने बताए । उनले राजावादीहरुको आन्दोलन देश शान्ति र समृद्धितर्फ अगाडि बढेको देख्न नचाहने प्रतिक्रियावादीहरुले मुलुकलाई द्वन्द्वमा लैजान गरेको प्रायोजित षड्यन्त्र भएको आरोप लगाए । वंशको आधारमा देशको उच्च पदमा राख्न कुनैपनि नेपाली जनता तयार नभएको उनको भनाई छ । 

    प्रमुख सचेतक बर्ताैलाले नेपाल राष्ट्र बैंकको आन्तरिक प्रबन्ध बमोजिम भइरहेका कामका बारेमा सरकारले केही बोल्न नसक्ने समेत बताए । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।