Logo

२०८३, आश्विन १०गते


images
images

बजेट

सस्तो लोकप्रियता भन्दा शतप्रतिशत कार्यान्वयनमा जाने बजेट ल्याउनुपर्छ : विनोद चौधरी

सस्तो लोकप्रियता भन्दा शतप्रतिशत कार्यान्वयनमा जाने बजेट ल्याउनुपर्छ : विनोद चौधरी

images
  • सस्तो लोकप्रियता भन्दा शतप्रतिशत कार्यान्वयनमा जाने बजेट ल्याउनुपर्छ : विनोद चौधरी
    images
    images

    काठमाडौं । नेपाली काँग्रेसका सांसद विनोद चौधरीले गर्न सकिने कामहरु मात्र आगामी बजेटमा समावेश गर्न सुझाव दिएका छन् । संसद भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै सांसद चौधरीले विगतमा भएका कमजोरीहरुबाट पाठ सिकेर भोलिका दिनमा गर्न सकिने काममात्र समावेश गरिनुपर्नेमा जोड दिए । 

    images
    images
    images

    उनले हरेक पटक बजेट आयो, पुरानै कार्यक्रमहरु राख्यो तर गर्न चाहीँ केही गर्न सकेन भन्ने खालका कार्यक्रमहरु ल्याउनेक्रम रोकिनुपर्नेमा जोड दिए । सांसद चौधरीले जति बोलेको हो त्यति गर्नेगरि बजेट ल्याउनुपर्छ भन्दै हल्का र सस्तो लोकप्रियताका लागि बजेट ल्याउनु भन्दा शतप्रतिशत कार्यान्वयनमा जानेगरि ल्याउनुपर्ने स्पष्ट पारे । 

    images
    images
    images

    नीति तथा कार्यक्रममा प्रश्तुत भएका सबैकुरा बजेटमा समावेश गर्नुभन्दा छानेर आफ्नो क्षमता अनुकुलको बजेट बनाउनुपर्नेमा उनको जोड छ । सांसद चौधरीले नीति तथा कार्यक्रममा समावेश भएका सबै कार्यक्रम समेट्नुपर्छ भन्दा पनि चुनिएका क्षेत्रमा ध्यान केन्द्रित गरेर बजेट ल्याउन सरकारलाई सुझाव दिए । 

    images
    images
    images

    ‘अहिले यो बजेटमा गर्न सक्ने कुराहरुमात्र समावेश गर्ने र खर्च गर्नसक्ने क्षमताअनुसारको बजेट बन्नुपर्छ । अहिलेसम्म विकासमा १९ प्रतिशतमात्र बजेट खर्च भएको छ ।’ उनले भने, ‘हाम्रो घट्दो राजश्व, हाइड्रोपावर बाहेक कुनैपनि क्षेत्रमा नयाँ लगानी भएको छैन । व्यापार संकुचित हुँदैछ । डिमान्ड संकुचित हुँदैछ । उत्पादनमुलक क्षेत्र जसले रोजगारी दिने गर्दछ त्यो पाँच प्रतिशतभन्दा तल झरिसकेको अवस्था छ ।’

    कांग्रेस सांसद चौधरीले साना साना कुरा बजेटमा समेट्नुको कुनै अर्थ नहुने भएकाले हुनसक्ने काममात्र बजेटमा समावेश गर्नुपर्नेमा जोड दिएका छन् । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # बजेट
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।