Logo

२०८३, कार्तिक २८गते


images
images

सत्ता

सरकारमा जान तँछाडमछाड गरेका छैनौं : माओवादी सचिव पौडेल

सरकारमा जान तँछाडमछाड गरेका छैनौं : माओवादी सचिव पौडेल

images
  • सरकारमा जान तँछाडमछाड गरेका छैनौं : माओवादी सचिव पौडेल
    images

    काठमाडौं । नेकपा (माओवादी केन्द्र)का सचिव देवेन्द्र पौडेलले सरकारमा जाने कुनै योजना नरहेको बताएका छन् । शुक्रवार बसेको प्रतिनिधिसभाको बैठकपछि संसद भवन परिसरमा सञ्चारकर्मीहरूसँगको कुराकानीमा उनले सरकारमा जानको लागि आफूहरूले तँछाडमछाड नगरेको समेत स्पष्ट पारे । 

    images
    images
    images

    सचिव पौडेलले वर्तमान सरकार जनताको निम्ति नभई आफ्ना मान्छेहरूलाई विभिन्न निकायमा व्यवस्थापन गर्न बनेको आरोप लगाए । उनले सत्ता गठबन्धन भित्रै एक मत नरहेको टिप्पणी समेत गरे । पौडेलले नीति तथा कार्यक्रममा सरकारमै रहेकाहरूले एक स्वरले समर्थन जनाउन नसकेको बताए । उनले विद्युत प्राधिकरणको विषय र गभर्नर नियुक्तिको कुरामा पनि सत्ता गठबन्धनमा रहेकाहरू एक स्वरले बोल्न नसकेको जिकिर गरे ।

    images
    images
    images

    ‘अहिले सरकारमा जाने कुरा छैन । सरकारमा जानको लागि हामीले तँछाडमछाड पनि गरेका छैनौं । नीति तथा कार्यक्रम आयो, एक स्वरले उहाँहरूले समर्थन गर्न सक्नुहुन्न । प्राधिकरणको कुरा आयो, एक स्वरले उहाँहरू बोल्न सक्नुहुन्न । गभर्नर नियुक्तिको कुरा आयो, उहाँहरू एक स्वरले बोल्न सक्नुहुन्न ।’ उनले भने, ‘यसले देखाउँछ भने उहाँहरू सरकारको निम्ति सरकार, जनतालाई सरकार होइन, सरकारको निम्ति सरकार र आफ्नो मान्छेहरूलाई सेट गर्नको लागि सरकार बनेको प्रस्ट छ ।’ 

    images
    images

    उनले अहिलेसम्म नेपाल राष्ट्र बैङ्कको गभर्नर नियुक्ति गर्न नसक्नु दुःख लाग्दो र अपरिपक्व सरकारको चित्रण रहेको जिकिर गरे ।  

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।