Logo

२०८३, कार्तिक २८गते


images
images

भारत–पाकिस्तान तनाव

भारत–पाकिस्तान तनावको प्रभाव नेपाल–भारत सीमामा, सुरक्षा सतर्कता कडा

भारत–पाकिस्तान तनावको प्रभाव नेपाल–भारत सीमामा, सुरक्षा सतर्कता कडा

images
  • भारत–पाकिस्तान तनावको प्रभाव नेपाल–भारत सीमामा, सुरक्षा सतर्कता कडा
    images

    काठमाडौं । भारत–पाकिस्तानबीचको बढ्दो तनावको असर नेपाल–भारत सीमामा समेत देखिएको छ। प्रहरी प्रधान कार्यालयले नेपाल–भारत सीमामा सुरक्षा सतर्कता बढाउन निर्देशन दिएको छ।

    images
    images
    images

    सोही निर्देशनअनुसार भारतसँग जोडिएको सीमामा सुरक्षामा कडाई धनुषामा समेत बढाइएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायव उपरीक्षक वरुणबहादुर सिंहले बताएका छन्।

    images
    images
    images

    सीमामा आवतजावत गर्ने यात्रुको परिचय पत्र प्रमाणीकरण गर्नुका साथै आवतजावतको प्रयोजन र सवारी साधनको समेत रेकर्ड राख्न तदारुकता देखाइएको छ। भारत र पाकिस्तानबीच देखिएको विवादलाई मध्यनजर गर्दै प्रहरी प्रधान कार्यालय र मधेस प्रदेश प्रहरी कार्यालयबाट भएका निर्देशनहरू कार्यान्वयन गरिरहेको सिंहले जानकारी दिएका छन्। सीमामा हुने आवागमनलाई व्यवस्थित र सुरक्षित बनाउन आवश्यक व्यवस्था गरिएको छ।

    images
    images

    यसअघि सीमावर्ती भारतीय बजार क्षेत्र वा सीमावर्ती भारतबाट आवतजावत गर्न, अर्थात स्थल मार्गबाट दुवै देशका नागरिक बिना रोकावट आउने-जाने गर्दथे। अहिले भने आउने र जाने प्रयोजन रेकर्ड गरेर मात्रै आवतजावत गर्न दिने व्यवस्था मिलाइएको छ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।