काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा बाघको संख्या पर्याप्त रहेको भन्दै थप वृद्धि नगरिनुपर्ने धारणा राखेका छन्। शनिबार काठमाडौंमा आयोजित दोस्रो राष्ट्रिय वन संवर्द्धन गोष्ठीमा ओलीले बाघको संख्या बढाउँदै गर्दा यसको प्रभावप्रति गम्भीर हुन आग्रह गरे।
उनका अनुसार बाघको जीवनयापनका लागि निश्चित क्षेत्र आवश्यक पर्ने भएकाले बाघको संख्या अत्यधिक हुँदा जमिन अभावको समस्या उत्पन्न हुन्छ।
ओलीले बाघलाई खेलाँचीजन्य जनावरको रूपमा नबुझ्न आग्रह गरे। बाघले कानुनी ज्ञान नभएकाले मानवीय आक्रमणको खतरा स्वाभाविक रहेको उनको तर्क थियो। उनले बाघले 'मान्छे मार्नु हुँदैन, २० वर्ष कैद हुन्छ' भन्ने कुरा नबुझ्ने उदाहरण दिँदै यसको आन्तरिक व्यवहार बुझ्नुपर्ने बताए।
बाघको संरक्षण गर्दा पारिस्थितिक सन्तुलन र प्राकृतिक आवश्यकता सम्झनुपर्ने ओलीको भनाइ छ। बाघको संख्या बढी हुँदा उनीहरूबीच आपसी द्वन्द्व र खानाको खोजीमा बस्ती प्रवेशको सम्भावना बढ्ने चेतावनी पनि उनले दिए।
बाघलाई खेलाँची गर्ने चिजका रूपमा नबुझ्न आग्रह गर्दै ओलीले फोटोमा बाघ हेरेर मात्र टिप्पणी गर्नु गलत हुने धारणा राखे।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology