Logo

२०८३, कार्तिक २८गते


images
images

मौसम

पहाडी क्षेत्रमा वर्षाको सम्भावना

पहाडी क्षेत्रमा वर्षाको सम्भावना

images
  • पहाडी क्षेत्रमा वर्षाको सम्भावना
    images

    काठमाडौं । देशभर पश्चिमी वायु, स्थानीय वायु र अरब सागरबाट भित्रिएको जलवाष्पयुक्त हावाको प्रभाव कायमै रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार यसले गर्दा पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली देखिएको छ भने बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ।

    images
    images
    images

    आज दिउँसो लुम्बिनी र सुदूरपश्चिम प्रदेशका साथै देशका पहाडी क्षेत्रमा आंशिकदेखि सामान्य बदली रहनेछ। ती क्षेत्रमा केही स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ। साथै, हिमाली क्षेत्रमा एक-दुई स्थानमा हल्का वर्षासँगै हिमपातको सम्भावना पनि रहेको छ।

    images
    images
    images

    मधेस प्रदेश र लुम्बिनी प्रदेशका केही ठाउँमा हावाहुरीको सम्भावना रहेकाले सतर्क रहन महाशाखाले आग्रह गरेको छ।

    images
    images

    आज राति देशको पहाडी भूभागमा आंशिक बदली रहनेछ भने अन्य भूभागमा मौसम मुख्यतया सफा रहनेछ। कोशी र गण्डकी प्रदेशका पहाडी क्षेत्रका केही स्थानमा चट्याङसहित हल्का वर्षा तथा हिमाली क्षेत्रमा हल्का हिमपात हुने सम्भावना छ।

    कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रका केही स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेकोले जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायातमा असर पर्न सक्ने सम्भावनालाई ध्यानमा राखी सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।