Logo

२०८३, कार्तिक २८गते


images
images

राजनीति

डा. शुभेच्छा श्रेष्ठ बनिन् वाईसीएलको काठमाडौँ महानगर अध्यक्ष

डा. शुभेच्छा श्रेष्ठ बनिन् वाईसीएलको काठमाडौँ महानगर अध्यक्ष

images
  • डा. शुभेच्छा श्रेष्ठ बनिन् वाईसीएलको काठमाडौँ महानगर अध्यक्ष
    images

    काठमाडौँ । नेकपा (माओवादी केन्द्र) को सहायक संगठन योङ्ग कम्युनिष्ट लिग (वाईसीएल) नेपालको काठमाडौँ महानगरको पहिलो नगर सम्मेलनबाट डा. शुभेच्छा श्रेष्ठ अध्यक्षमा निर्वाचित भएकी छन्। 

    images
    images
    images

    काठमाडौँमा जन्मिएकी डा.श्रेष्ठले प्रारम्भिक शिक्षा सेन्ट जेभियर्स स्कूल, गोदावरीबाट र राजीव गान्धी विश्वविद्यालय, भारतबाट चिकित्सा शिक्षा पूरा गरेकी हुन्।

    images
    images
    images

    कमिटीमा विकास प्रजा, युगीन शर्मा र अनिल दवाडी उपाध्यक्ष निर्वाचित भएका छन्। कमल सुवेदी सचिव र प्रवीण शर्मा तथा कुमार कुँवर सह–सचिवमा चयन भएका छन्। त्यस्तै, विप्लव ताम्राकार कोषाध्यक्षमा निर्वाचित भएका छन्। सम्मेलनबाट जम्मा ४५ सदस्यीय महानगर समिति चयन गरिएको नवनिर्वाचित अध्यक्ष श्रेष्ठले बताइन् । 

    images
    images

     सम्मेलनमा पार्टी केन्द्री सदस्य तथा महानगर अभियान प्रमुख सुनिल मानन्धर,  केन्द्रीय सदस्य अनिल शर्मासहित पदम जोशी, मिना तामाङ, अमर बहादुर तामाङ, सीता दाहाल, ललित श्रेष्ठ, नवराज ऐर, सन्तोश गुरुङ,  सबिन सिग्देल, दिलिप सिंहलगायतको सहभागिता रहेको थियो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।