Logo

२०८३, आश्विन ९गते


images
images

स्वास्थ्य

स्वास्थ्यको प्रशासनिक क्षेत्रमा जनशक्ति बढ्न सक्दैन : मन्त्री पौडेल

स्वास्थ्यको प्रशासनिक क्षेत्रमा जनशक्ति बढ्न सक्दैन : मन्त्री पौडेल

images
  • स्वास्थ्यको प्रशासनिक क्षेत्रमा जनशक्ति बढ्न सक्दैन : मन्त्री पौडेल
    images
    images

    काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्यको प्रशासनिक क्षेत्रमा जनशक्ति बढ्न नसक्ने बताएका छन् । आईतवार भक्तपुर क्यान्सर अस्पतालमा पेडियाट्रिक अन्कोलोजि वार्ड तथा पिआइसियु कक्षको शुभारम्भ गर्दै उनले प्रशासनलाई साँघुरो बनाएर भएपनि प्रशासनका कोठाहरु उपचारका निम्ति प्रयोग गर्नुपर्नेमा जोड दिए । 

    images
    images
    images

    स्वास्थ्य मन्त्री पौडेलले भक्तपुर क्यान्सर अस्पतालको भौतिक संरचना निर्माणका लागि जग्गा नपाइरहेको भन्दै जग्गा भेटेको खण्डमा यही वर्ष बहुवर्षे आयोजना अन्तर्गत पूर्वाधार निर्माणको कार्यक्रम राख्न सकिने बताए । उनले सरकारले १४ वर्ष मुनिका क्यान्सरका बिरामी बालबालिकाको उपचार निःशुल्क गरिरहेको र करिव ८० प्रतिशत औषधि समेत निःशुल्क भएको स्थिति रहेको बताए । हेमोफेलियाको औषधि ल्याएर अस्पतालमा उपलब्ध गराएर निःशुल्क वितरण भएको जानकारी दिए । 

    images
    images
    images

    उनले भने, ‘हामीले मात्रै चाहेर हुँदैन । लोकल नगरपालिकाहरुले पालिकाबाट पास गरेर दिनुपर्छ । सिडिओले कार्यालयबाट भूमिसुधार छिटो पठाइदिनुपर्छ । भूमिसुधारलाई म ताकेता गरेर क्याबिनेटमा लैजाने काम गर्दछु । मन्त्री यस्तो धेरै लाग्दा पनि जग्गा उपलब्ध हुन सक्दैन भने कसरी गर्ने ? राज्यसँग श्रोत छैन, श्रोत छैन भनेर यत्तिकै बस्ने कुरा हुँदैन । त्यसैले अस्पतालसँगै भएका उपकरण, जनशक्ति पूर्वाधारलाई अधिकतम कसरी प्रयोग गर्न सकिन्छ ? बरु प्रशासनलाई साँघुरो बनाउने, प्रशासनका कोठाहरु उपचारका निम्ति प्रयोग गर्ने । स्वास्थ्यमा प्रशासनिक क्षेत्रमा जनशक्ति बढ्न सक्दैन ।’ मन्त्री पौडेलले अधिकतम क्षमताबाट उपचार बिस्तार गर्नुपर्ने बताएका छन् ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # स्वास्थ्य
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।