Logo

२०८३, आश्विन १०गते


images
images

बजेट

बजेट विनियोजन ठिक ढङ्गले नहुनु मुल समस्याः पूर्वअर्थमन्त्री महत

बजेट विनियोजन ठिक ढङ्गले नहुनु मुल समस्याः पूर्वअर्थमन्त्री महत

images
  • बजेट विनियोजन ठिक ढङ्गले नहुनु मुल समस्याः पूर्वअर्थमन्त्री महत
    images
    images

    काठमाडौं । पूर्वअर्थमन्त्री डा. प्रकाशशरण महतले मुलुकको अर्थतन्त्रमा देखिएको समस्या बजेट विनियोजन र कार्यान्वयनमा रहेको बताएका छन्। आईतबार प्रतिनिधिसभा बैठकपछि संसद् परिसरमा पत्रकारहरूसँग कुरा गर्दै महतले बजेटको प्राथमिकता निर्धारणमा कमजोरी भएको औँल्याए। 

    images
    images
    images

    उनले भने, "खर्च गर्नुपर्ने स्थानमा खर्च नभएको र खर्च नगर्नुपर्ने ठाउँमा बढी खर्च भएको स्थिति अर्थतन्त्रको मुख्य चुनौती बनेको छ।"

    images
    images
    images

    उनले सरकारको आर्थिक व्यवस्थापनको कमजोरीको रूपमा बजेट विनियोजनमा प्राथमिकता निर्धारणको अभावलाई प्रमुख समस्या माने। महतले अध्ययन भएका आयोजना र प्राथमिकतामा आधारित बजेट विनियोजनको प्रतिबद्धता सरकारले गरेको बताउँदै यसलाई कार्यान्वयनमा ल्याउन गम्भीर गृहकार्य आवश्यक रहेको धारणा राखे।

    images
    images
    images

    नेपाली काँग्रेसका प्रवक्ता समेत रहेका महतले सीमित स्रोत र साधनको दुरुपयोग रोक्न र प्रभावकारी कार्यान्वयनका लागि अर्थमन्त्रीको दृढता अपरिहार्य रहेको बताए।

    सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रम सकारात्मक देखिए पनि कार्यान्वयनमा चुनौतीहरू रहेको उनको भनाई छ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।