कृष्ण अन्जान, रुरु । एमाले निकट अखिल नेपाल किसान महासङ्घले रुरुक्षेत्रमा संगठन अभियान तीब्र पारेको छ।
महासंघ रुरुक्षेत्र गाउँपालिकाका सबै वडाहरूमा सङ्गठनका संयोजक तोकेको छ । सङ्गठनले रुरुक्षेत्र १ को सँयाेजकमा चुरामणी कँडेल र सह सँयाेजकमा कृष्ण ज्ञवाली रुरुक्षेत्र ३ मा बैकुण्ठ श्रेष्ठ र सह सँयाेजकमा कृष्ण गौतम वडा न ४ मा संयोजक कालेश्वर ज्ञवाली र सह सँयाेजकमा यम बहादुर खड्का वडा न ५ मा केशव प्रसाद ज्ञवाली र सह सँयाेजकमा अर्जुन प्रसाद ज्ञवाली र वडा न ६ गिर बहादुर पचभैयालाई संयोजक ताेकिएकाे छ ।
वडा न २ ग्वादीमा संयोजक र सह सँयाेजक ताेकिएकाे छ र रुरु ६ मा सह सँयाेजक तोक्न बाँकी रहेको अखिल नेपाल किसान महासंघ का प्रदेश सदस्य रविलाल पन्थले जानकारी दिए । यस अघि महासङ्घले रुरुक्षेत्र गाउँ पालिकाकाे सँयाेजकमा रुरु ३ थानपतिका तिलक राज ज्ञवालीलाई ताेकि सकेको छ । यसै बिच अखिल नेपाल किसान महासँघले रुरुक्षेत्र गाउँपालिका स्तरिय किसान भेला सम्पन्न गरेको छ ।
भेलामा बोल्दै अखिल नेपाल किसान महासङ्घका केन्द्रीय उपाध्यक्ष कमल राज श्रेष्ठले समृद्धिको आधार कृषि पेशा भएकाले कृषिमा आधुनिककरण आवश्यक भएको बताए । लुम्बिनी प्रदेशका सांसद समेत रहेका श्रेष्ठले उत्पादनलाई सुरक्षण कसरी गर्ने र कृषि पेशालाई गौरवान्वित कसरी बनाउने भन्ने चिन्ता रहेकाे बताए । भेलामा बाेल्दै रुरुक्षेत्र गाउँपालिकाका अध्यक्ष निलकण्ठ गौतमले कृषि क्षेत्रका कर्मचारीका कारणले किसानलाई अप्ठ्यारो परेको भए कार्यालयमा सुचित गरे आवश्यक कारवाहि गर्ने आश्वासन दिए ।
अखिल नेपाल किसान महासङ्घका रुरुक्षेत्र गाउँ पालिका संयोजक तिलक ज्ञवालीकाे अध्यक्षतामा भएकाे कार्यक्रममा नेकपा एमाले का रुरुक्षेत्रका अध्यक्ष चक्रपाणी गौतम पार्टी इन्चार्ज हिमाल श्रेष्ठले आफ्ना धारणा राखेका थिए भने कार्यक्रमको सञ्चालन दुग्ध उत्पादन महासंघ गुल्मीका संयोजक रविलाल पन्थले कार्यक्रम गरेका थिए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology