Logo

२०८३, कार्तिक २८गते


images
images

मौसम

आज कहाँ कहाँ छ वर्षाको सम्भावना ?

आज कहाँ कहाँ छ वर्षाको सम्भावना ?

images
  • आज कहाँ कहाँ छ वर्षाको सम्भावना ?
    फाइल फोटो
    images

    काठमाडौं । पश्चिमी वायु, स्थानीय वायु र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको प्रभावका कारण पहाडी क्षेत्रमा आंशिकदेखि सामान्यतया बदली रहेको छ भने बाँकी क्षेत्रमा मौसम सफा देखि आंशिक बदली रहेको छ।

    images
    images
    images

    आज दिउँसो कोशी प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहनेछ। बाँकी भूभागमा मुख्यतया सफा देखि आंशिक बदली रहनेछ। कोशी र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानहरूमा र अन्य पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना पनि रहेको छ।

    images
    images
    images

    हिजो देशका केही ठाउँमा भारी वर्षा भएको थियो। विशेषगरी गुल्मी, स्याङ्जा र काभ्रेपलान्चोकका केही क्षेत्रमा वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

    images
    images

    कोशी र गण्डकी प्रदेशका पहाडी भूभागमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावनाले दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव पार्न सक्ने हुँदा आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।