Logo

२०८३, कार्तिक २८गते


images
images

टेरामक्स खरिद प्रकरण

कांग्रेस सांसद बस्नेतसहित १८ जना विरुद्ध भ्रष्टाचार मुद्दा, ३ अर्ब २१ करोड बढी बिगो मागदाबी

कांग्रेस सांसद बस्नेतसहित १८ जना विरुद्ध भ्रष्टाचार मुद्दा, ३ अर्ब २१ करोड बढी बिगो मागदाबी

images
  • कांग्रेस सांसद बस्नेतसहित १८ जना विरुद्ध भ्रष्टाचार मुद्दा, ३ अर्ब २१ करोड  बढी बिगो मागदाबी
    images

    काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेरामक्स खरिद प्रक्रियामा भ्रष्टाचार भएको भन्दै विशेष अदालतमा मुद्दा दायर गरेको छ। आयोगले १६ जना व्यक्ति र २ कम्पनीविरुद्ध भ्रष्टाचार आरोपमा विशेष अदालतमा मुद्दा दर्ता गरेको हो।

    images
    images
    images

    मुद्दा दायर हुनेमा पूर्वमन्त्री तथा नेपाली कांग्रेसका सांसद मोहन बस्नेत समेत रहेका छन्। विशेष अदालतका शाखा अधिकृत प्रकाशनारायण श्रेष्ठका अनुसार पूर्वमन्त्री बस्नेतसहित सेवानिवृत्त दूरसञ्चार प्राधिकरणका तत्कालीन अध्यक्ष दिगम्बर झा, तत्कालीन अध्यक्ष पुरुषोत्तमप्रसाद खनाल, प्राधिकरणका तत्कालीन सदस्य धनराज ज्ञवाली, टीकाप्रसाद उप्रेती, नेपाल दूरसञ्चार प्राधिकरणका निर्देशक सुरेन्द्रलाल हाडा, दीपेश आचार्य, सन्दीप अधिकारीलगायतको नाम आरोपपत्रमा समावेश छ।

    images
    images
    images

    यस्तै, उपनिर्देशक अच्युतानन्द मिश्र, विजयकुमार राय, रेवतीराम पन्थ, सुरेश बस्नेत, हिरण्यप्रसाद बस्ताकोटी, जमाल अनौती, एजेन्ट दिलीप कुमार गुरुङ, तेजप्रसाद खरेल समेत प्रतिवादीको सूचीमा रहेका छन्।

    images
    images

    विशेष अदालतका अधिकृत श्रेष्ठले भने, "टेरामक्स खरीद प्रक्रियामा भ्रष्टाचारको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हालसालै विशेष अदालतमा मुद्दा दायर गरेको छ। प्रतिवादीको संख्या १८ पुगेको छ। तिनमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका तत्कालिन मन्त्री र हाल प्रतिनिधि सभा सदस्य मोहनबहादुर बस्नेत प्रमुख रहेका छन्।"

    उनीहरूविरुद्ध ३ अर्ब २१ करोड ८३ लाख ७७ हजार १८२ रुपैयाँ बिगो मागदाबी गरिएको अदालतले जनाएको छ।

    सम्बन्धित पक्षबाट यस विषयमा थप प्रतिक्रिया आएको छैन। अनुसन्धानको क्रममा अन्य विवरण सार्वजनिक हुने अपेक्षा गरिएको छ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # टेरामक्स खरिद प्रकरण
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।