Logo

२०८३, श्रावण ३०गते


images
images

मन्त्रिपरिषद् बैठक

मन्त्रिपरिषद् बैठक नियुक्ति, सरुवा-बढुवा र विदेशी कार्यक्रममा प्रतिनिधी पठाउनेमा केन्द्रित

मन्त्रिपरिषद् बैठक नियुक्ति, सरुवा-बढुवा र विदेशी कार्यक्रममा प्रतिनिधी पठाउनेमा केन्द्रित

दमक भ्युटावर शुल्क लिई सञ्चालन गर्न स्वीकृति
images
  • मन्त्रिपरिषद् बैठक नियुक्ति, सरुवा-बढुवा  र विदेशी  कार्यक्रममा प्रतिनिधी पठाउनेमा केन्द्रित
    फाईल फोटो
    images
    images

    काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को वैशाख २५ र ३१ गते बसेको बैठकका निर्णय सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सार्वजनिक गरेका छन । खास गरी मन्त्रिपरिषद्को बैठक नियुक्ति, सरुवा-बढुवा र विदेशमा हुने कार्यक्रममा प्रतिनिधी पठाउनेमा केन्द्रित भएको बुझिएको छ  ।

    images
    images
    images

    सरकारले वैशाख ३० देखि जेठ १ गतेसम्म युएईको दुबईमा हुने विश्व प्रहरी सम्मेलनमा प्रहरी अतिरिक्त महानिरीक्षक सुदीप गिरीलाई सहभागी हुन स्वीकृति दिने निर्णय भएको छ। 

    images
    images
    images

    जेठ १४ देखि १६ गतेसम्म गणतन्त्र कोरियामा हुने सुवनको एशिया प्रशान्त फोरममा भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाललाई सहभागी हुन स्वीकृति दिइएको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन एकाइको कार्यक्षेत्रलाई देशभरका सार्वजनिक विद्यालयहरूको पुनर्निर्माण र संरचनात्मक मजबुतीमा केन्द्रित गर्ने निर्णय पनि गरिएको छ।

    images
    images
    images

    जापानमा हुने स्मार्ट शहरहरूको अन्तर्राष्ट्रिय प्रशिक्षण कार्यशालामा काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहलाई सहभागी गराउने निर्णय गरिएको छ। यस्तै, चीनमा आयोजना हुने बीआरआई साझेदार मुलुकहरूको जातीय नीति र अभ्यास सम्बन्धी सेमिनारमा आदिवासी जनजाति आयोगका सदस्य डा. मिनबहादुर श्रीसलाई सहभागी गराउने निर्णय पनि भएको छ।

    रुसमा हुने १३ औं सेन्ट पिटर्सबर्ग कानूनी मञ्चमा महान्यायाधिवक्ता रमेश वडाल र नायब महान्यायाधिवक्ता डा. टेकबहादुर घिमिरेलाई सहभागी गराउने निर्णय पनि बैठकमा पारित भएको छ। नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिका लागि सिफारिस समिति विघटन गरी नयाँ समिति गठन गर्ने निर्णय पनि भएको छ।

    जर्मनीमा हुने सूचना आयुक्तहरूको अन्तर्राष्ट्रिय सम्मेलनमा प्रमुख सूचना आयुक्त डा. सुरेशप्रसाद आचार्यलाई सहभागी गराउने निर्णय गरिएको छ। यसैगरी, दक्षिण कोरियामा हुने भूमि प्रशासन आधुनिकीकरण कार्यशालामा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिवलाई सहभागी गराउने निर्णय पनि बैठकले गरेको छ।

    यसका साथै, सत्य निरुपण तथा मेलमिलाप आयोगको अध्यक्षमा महेश थापा र बेपत्ता छानबिन आयोगमा लीलादेवी गड्तौलालाई नियुक्त गरिएको छ। नेपाल प्रहरीका वरिष्ठ नायब निरीक्षकहरूको तलबमान तथा ग्रेड समायोजन गर्ने निर्णय पनि भएको छ।

    त्यस्तै, सरकारले दमक भ्युटावर हाललाई शुल्क लिई सञ्चालन गर्न स्वीकृति दिने, डडेल्धुराको परशुराम नगरपालिका मातहतको १५ शैयाको जनसङ्ख्या मन्त्रालय जोगबुढा अस्पताललाई ५० शय्यामा स्तरोन्नति गरी सुदूरपश्चिम प्रदेश सरकारले सञ्चालन गर्ने गरी हस्तान्तरण गर्न स्वीकृति प्रदान गर्ने, औद्यौगिक सम्पत्तिसम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक संघीय संसदसमक्ष पेश गर्न स्वीकृति दिने, जल तथा मौसम विज्ञान विभाग र अन्तर्गतका निकायहरूको संगठन संरचना र दरबन्दी तेरिज स्वीकृत गर्ने, अर्थ मन्त्रालय र अन्तर्गतका निकायहरूको संगठन संरचना र दरबन्दी तेरिज स्वीकृत गर्ने र नेपाल प्रशासन सेवा समूहीकरणतर्फको राजपत्राङ्कित विशिष्ट श्रेणीको सचिव पदमा सहसचिव शोभाकान्त पौडेललाई बढुवा गर्ने निर्णय गरेको छ ।

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # मन्त्रिपरिषद् बैठक
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।