काठमाडौं । नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्ति दुई–चार दिनभित्रै हुने सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले बताएका छन्।
मन्त्रीपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सिंहदरबारमा गुरुङले गभर्नर नियुक्तिका लागि उपप्रधानमन्त्री एवं अर्थमन्त्रीको संयोजकत्वमा महाप्रसाद अधिकारी र डा. पोषराज पाण्डे सदस्य रहेको तीन सदस्यीय सिफारिस समिति गठन गरिएको जानकारी दिए।
उनका अनुसार, यसअघि अर्थमन्त्रीको संयोजकत्वमा डा. विश्व पौडेल र डा. विजयनाथ भट्टराई सदस्य रहेको समिति गठन गरिएको थियो। तर, विजयनाथ भट्टराईले राजीनामा दिएपछि समितिमा महाप्रसाद अधिकारीलाई थपिएको थियो।
डा. विश्व पौडेलले पनि राजीनामा दिएपछि समितिको पुनर्गठन गरिएको हो।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology