Logo

२०८३, कार्तिक २८गते


images
images

दुर्घटना

रुख ढलेर च्याप्दा सुनवलमा २ जनाको मृत्यु, ३ घाइते

रुख ढलेर च्याप्दा सुनवलमा २ जनाको मृत्यु, ३ घाइते

images
  • रुख ढलेर च्याप्दा सुनवलमा २ जनाको मृत्यु, ३ घाइते
    फोटो : सेतोमसी
    images

    सुनवल । एक्कासी आएको हावाहुरीले रुख ढलेर च्याप्दा सुनवलमा २ जनाको मृत्यु भएको छ । दुर्घटनामा परि मृत्यु हुनेमा सुनवल ७ निवासी ३० वर्षिया मिरा वयम्बु र सोही वडाका ४० वर्षिय दुर्गाबहादुर पुन रहेको इलाका प्रहरी कार्यालय सुनवलका प्रमुख सन्तोष पौडेलले जानकारी दिए ।

    images
    images
    images

    दुर्घटनामा परि ३ जना घाइते भएका छन् । घाइते हुनेमा स्थानीय नर्मा परियार, दुर्गा खाम्चा रहेको र एकजनाको परिचय नखुलेको प्रहरीले जनाएको छ । घाइतेलाई उपचारका लागि भलुही मेडिकल कलेज पठाइएको छ । 

    images
    images
    images

    प्रहरीले स्थानीयको सहयोगमा जेसिवि, क्रेन, लोडर, चेन स लयाएतका  उद्धार सामग्रिको प्रयोग गरि ढलेको रुख हटाउने कार्य गरिरहेको छ । उद्धार कार्य सकिएपछि मात्र घटनाको यकिन विवरण प्राप्त हुने प्रहरीको भनाई छ । 

    images
    images

    हावा हुरीसहित आएको पानीबाट जोगिन उनीहरु प्रतीक्षालयमा ओत लागेका थिए । तर प्रतिक्षालयमामाथी  नै रुख ढलेपछि मानवीय क्षती भएको प्रत्यक्षदर्शीले बताएका छन्  ।

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।