Logo

२०८३, कार्तिक २८गते


images
images

सगरमाथा संवाद

हिमालदेखि महासागरसम्मको सोच जरुरीः प्रधानमन्त्री ओली

हिमालदेखि महासागरसम्मको सोच जरुरीः प्रधानमन्त्री ओली

images
  • हिमालदेखि महासागरसम्मको सोच जरुरीः प्रधानमन्त्री ओली
    images

    काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले हिमालदेखि महासागरसम्मको सोच र एकीकृत दृष्टिकोण जरुरी रहेको बताएका छन्।

    images
    images
    images

    शुक्रबार काठमाडौँमा सुरु भएको सगरमाथा संवादको उद्घाटन सत्रलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले जलवायु परिवर्तनको प्रभावलाई मध्यनजर गर्दै हिमाललाई उपेक्षित नगर्न विश्व समुदायलाई आग्रह गरे।

    images
    images
    images

    प्रधानमन्त्री ओलीले हिमालले जलवायु सन्तुलन कायम राख्ने र पानीको भण्डारण गर्ने महत्वपूर्ण भूमिका खेल्ने बताए। हिमाल पग्लिँदा उपत्यकाहरूमा असर पर्ने, नदी सुक्ने र बाली नष्ट हुने खतरा रहेकाले हिमालको सम्मान आवश्यक भएको उनले उल्लेख गरे।

    images
    images

    उनले हिमालयलाई तेस्रो ध्रुवको रूपमा मान्यता दिनुपर्ने र स्वच्छ ऊर्जामा लगानी वृद्धि गर्नुपर्नेमा जोड दिए। जलवायु–उत्थानशील बालीको प्रवर्द्धन र महिला तथा युवालाई अग्रपंक्तिमा ल्याउनुपर्नेमा पनि उनले विशेष जोड दिए।

    प्रधानमन्त्री ओलीले जोखिम मूल्याङ्कन बलियो बनाउने, पूर्वसूचना प्रणालीको विकास गर्ने, डाटा साझेदारीलाई प्रोत्साहन गर्ने र सीमापार सहकार्यलाई सुदृढ पार्नुपर्ने आवश्यकता औंल्याए। आधुनिक नवप्रवर्तन र प्राचीन ज्ञानको समन्वय गरेर मात्र दीगो उत्थानशीलता र पृथ्वीको सम्मान गर्न सकिने उनको धारणा थियो।

    साझा भविष्य जोगाउन सबैको सहकार्य अपरिहार्य रहेको प्रधानमन्त्री ओलीको भनाइ छ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।