Logo

२०८३, आश्विन १०गते


images
images

सहिद स्मारक ‘बी’ डिभिजन लिग

ब्रिगेड ब्वाइज र श्री कुमारी क्लब रेलिगेसनबाट जोगिए

ब्रिगेड ब्वाइज र श्री कुमारी क्लब रेलिगेसनबाट जोगिए

images
  • ब्रिगेड ब्वाइज र श्री कुमारी क्लब रेलिगेसनबाट जोगिए
    images
    images

    काठमाडौं । सहिद स्मारक ‘बी’ डिभिजन लिगमा सोमबार ब्रिगेड ब्वाइज क्लब र श्री कुमारी क्लबले महत्त्वपूर्ण जित हात पार्दै रेलिगेसन संकट टारेका छन्।

    images
    images
    images

    सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा ब्रिगेड ब्वाइजले च्यासल युथ क्लबलाई ४–१ को फराकिलो अन्तरले पराजित गर्‍यो। ब्रिगेडको जितमा मुकुन्दकुमार निउरेले ह्याट्रिक पूरा गरे भने रोमन श्रेष्ठले एक गोल थपे। खेलको नवौं मिनेटमा रोमनको गोलमार्फत अग्रता लिएको ब्रिगेडले चार मिनेटपछि च्यासलका कमल थिङको गोलबाट बराबरीको सामना गर्नुपरेको थियो।

    images
    images
    images

    पहिलो हाफको अन्त्यतिर मुकुन्दकुमार निउरेले गोल गर्दै ब्रिगेडलाई २–१ को अग्रता दिलाए। दोस्रो हाफमा पनि ब्रिगेडको आक्रमण जारी रह्यो। ५३औं मिनेटमा मुकुन्दले व्यक्तिगत दोस्रो गोल गरे भने ७१औं मिनेटमा ह्याट्रिक पूरा गरे। खेलको अन्त्यसम्म दुवै पक्षबाट थप गोल हुन नसक्दा ब्रिगेडले ४–१ को सहज जित दर्ता गर्‍यो।

    images
    images
    images

    यस जितसँगै ब्रिगेड ब्वाइजले १२ खेलबाट १५ अंक जोड्दै रेलिगेसन क्षेत्रबाट माथि उक्लिएको छ। बराबरी हुँदा पनि रेलिगेसनमा पर्ने खतरा रहेकामा जितले एक अंकको अग्रता दिएको छ।

    त्यस्तै, श्री कुमारी क्लबले दशरथ रंगशालामा सरस्वती युथ क्लबलाई २–० को नतिजासहित हराउँदै रेलिगेसनबाट जोगिएको छ। कुमारीको जितमा यमन महर्जन र मौसम राईले गोल गरे। खेलको ४४औं मिनेटमा यमनको गोलले कुमारीले अग्रता लिएको थियो।

    दोस्रो हाफमा मौसम राईले ९०औं मिनेटमा गोल गर्दै कुमारीको जित पक्का गरे। १२ खेलबाट १६ अंक जोड्दै कुमारीले सुरक्षित स्थानमा उक्लिएको छ भने सरस्वतीको समान खेलबाट १५ अंक छ।

    यस जितसँगै ब्रिगेड ब्वाइज र श्री कुमारी क्लब दुवैले लिगमा आफ्नो अस्तित्व जोगाउन सफल भएका छन्।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।